३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पमाथि देउवाको दिक्दारीः ‘जलवायु परिवर्तनको असरलाई नमानेर बेकारको कुरा गर्छन्’



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ रित्तो भइसकेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको बताउनु भयो । सबै तराईमा आइसकेको उल्लेख गर्दै पहाडमा बस्न कोही तयार नरहेको बताउनु भयो । पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने बताउनु भयो । सभापति देउवाले नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरु बनाउनुपर्ने बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेको बताउनु भयो । हिउँ पग्लिरहेको, हिमाल नाङ्गो भइसकेको बताउनु भयो । उहाँले यसले भविष्यमा नेपाललाई ठूलो असर पर्ने बताउनु भयो । नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक रहेको बताउनु भयो । जलवायु परिवर्तनको समस्या नेपालमा विकराल रहेको बताउनु भयो । जंगलको बचाउँदा बचाउँदै पनि जलवायु परिवर्तनको असर ठूलो रहेको बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘विपी कोईरालाले गाउँको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो । तर अब अहिले गाउँ नै रित्तिसक्यो । गाउँ छैन । कोही गाउँमा बस्न तयार छैन । सबै तराईमा आइसकेका छन् । पहाडमा बस्न कोही तयार छैनन् । पहाडमा सुविधा दिन सकेको खण्डमा पहाड सुन्दर र सफा छ । हावापानी राम्रो छ । सुविधाहरु पनि त्यस्तै हुनुपर्दछ ।’

सभापति देउवाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको बताउनु भयो । ट्रम्प पेरिस सम्झौताको विरुद्धमा रहेको बताउनु भयो ।