४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पमाथि देउवाको दिक्दारीः ‘जलवायु परिवर्तनको असरलाई नमानेर बेकारको कुरा गर्छन्’



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ रित्तो भइसकेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको बताउनु भयो । सबै तराईमा आइसकेको उल्लेख गर्दै पहाडमा बस्न कोही तयार नरहेको बताउनु भयो । पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने बताउनु भयो । सभापति देउवाले नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरु बनाउनुपर्ने बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेको बताउनु भयो । हिउँ पग्लिरहेको, हिमाल नाङ्गो भइसकेको बताउनु भयो । उहाँले यसले भविष्यमा नेपाललाई ठूलो असर पर्ने बताउनु भयो । नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक रहेको बताउनु भयो । जलवायु परिवर्तनको समस्या नेपालमा विकराल रहेको बताउनु भयो । जंगलको बचाउँदा बचाउँदै पनि जलवायु परिवर्तनको असर ठूलो रहेको बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘विपी कोईरालाले गाउँको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो । तर अब अहिले गाउँ नै रित्तिसक्यो । गाउँ छैन । कोही गाउँमा बस्न तयार छैन । सबै तराईमा आइसकेका छन् । पहाडमा बस्न कोही तयार छैनन् । पहाडमा सुविधा दिन सकेको खण्डमा पहाड सुन्दर र सफा छ । हावापानी राम्रो छ । सुविधाहरु पनि त्यस्तै हुनुपर्दछ ।’

सभापति देउवाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको बताउनु भयो । ट्रम्प पेरिस सम्झौताको विरुद्धमा रहेको बताउनु भयो ।