१४ असार २०८३, आईतवार
,
Latest
मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनःस्थापना गर्न सांसद शाहको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाहले बाजुराकोे बाम्का बजारमा भएको आगलागी पीडितलाई पुनस्र्थापना गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद शाहले बाम्का बजार आगलागीमा १३ पसल र २ वटा होटल पूर्णरुपमा नष्ट भएको जानकारी दिनुभयो । उहाँले पीडित व्यापारीलाई राहत र क्षतिपूर्तिसहित छिटोभन्दा छिटो पुनःस्थापनाको माग गर्नुभयो । सांसद शाहले सरकारले बाजुरालाई एउटा दमकलसमेत दिन नसक्दा यति ठूलो क्षति भएको भन्दै घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने र तत्काल क्षतिपूर्तिससिहत पुनःस्थापना गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यही जेठ २३ गते बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको बाम्का बजारमा भिषण आगलागी हुँदा १३ पसल र २ वटा होटल सम्पूर्ण रुपमा नष्ट भएका छन् । ३४ वटा पसल र होटलमा क्षति भएको छ । आगलागीबाट १९ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण छ । यो दुःखद् घटनाप्रति दुःख व्यक्त गर्दछु, पीडितहरुप्रति सहानुभुति प्रकट गर्दछु । पीडित व्यापारीहरुलाई राहत र क्षतिपूर्ति दिएर तुरुन्त पुनःस्थापना गर्न सरकारसँग जोडदार माग गर्दछु । अब्राहम लिंकनको एउटा भनाई छ– हजार जना मूर्ख भएपनि देशलाई खासै असर पर्दैन तर एक नेता मूर्ख भए देश डुब्छ र जनताले दुःख पाउँछन् । अर्बौं लगाएर भ्यू टावर बनाउने सरकारले बाजुरालाई एउटा दमकल दिन सकेन । दमकल भएको भए सम्भवतः यति ठूलो क्षति हुने थिएन । तसर्थ क्षतिको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्छ भनी जोडदार माग गर्दछु ।’

उहाँले अब्राहम लिंकनको भनाईलाई उद्धृत गर्दै हजार जना मूर्ख भएपनि देशलाई खासै असर नपर्ने तर एक नेता मूर्ख भए देश डुब्ने र जनताले दुःख पाउने बताउनु भयो ।