६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव वैद्यको आईसीयूमा उपचार हुँदै



अ+ अ-

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य (किरण) त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् ।

पुरानो रोग दम बढेपछि जेठ १८ गते शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

वैशाख २९ गते दिवङ्गत आमाको अन्तिम कार्य सकेर काठमाडौँ फर्किने क्रममा नै महासचिव वैद्यको स्वास्थ्य अवस्था कमजोर बनेको थियो ।

विगत ६ महिनादेखि वैद्यको स्वास्थ्यमा समस्या देखिँदै आएको छ ।