३ भाद्र २०८३, बुधबार
,
Latest
चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली आइपुगे काठमाडौं



अ+ अ-

काठमाडौं । अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली गएराति काठमाडौं आइपुगेका छन् । अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र ५ महिला मध्यरातमा काठमाडौं आइपुगेका हुन् ।

अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स जहाजबाट चार्टर गरेर उनीहरुलाई आइतबार मध्यराति फर्काएको हो ।

यो विमानमा अमेरिकाले भारत र बंगलादेशका नागरिकलाई पनि फिर्ता ल्याएको छ ।

ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ सय ७७ जना नेपाली निष्कासन (डिपोर्ट) मा परेका छन् । आइतबारसम्म १ सय ७७ नेपाली निष्कासनमा परिसकेका छन् ।

प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले डिपोर्टमा परेकाहरुसँग सोधपुछ गरेर सूचना संकलन गर्ने तयारी थालेको छ ।