२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तराई–मधेश समृद्धि कार्यक्रममार्फत विकास अघि बढाएका छौँ’



अ+ अ-

पर्सा। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरकारले तराई–मधेश समृद्धि कार्यक्रममार्फत मधेशका विभिन्न जिल्लामा विकास निर्माणका काम अघि बढाउँदै आएको बताउनुभएको छ ।

आज यहाँ सखुवाप्रसौनी गाउँपालिका–५ मा ढलान सडकको शिलान्यास गर्दै उहाँले सीमान्तकृत समुदायको विकास र समृद्धिका लागि आफू लागिपरेको बताउनुभयो ।

मन्त्री गुप्ताले भूमिहीन र विपन्न समुदायको जीवस्तर उकास्नका लागि आवश्यक काम भइरहेका बताउनुभयो । यस्ता कार्यक्रमले यहाँका समुदायको हित संरक्षण र संवर्द्धन हुने अपेक्षा राखिएको उहाँको भनाइ छ । मन्त्री गुप्ताले आज पटेर्वासुगौली गाउँपालिका–४ मा रु ४५ लाखको लागतमा निर्माण हुने ढलान सडकको समेत शिलान्यास गर्नुभयो ।

आजै उहाँले पटेर्वासुगौली गाउँपालिकामा नै निर्माणाधीन खेलकुद मैदानको पनि शिलान्यास गर्नुभएको छ । तराई मधेश समृद्धि कार्यक्रम मधेशका विभिन्न जिल्लामा सडक, विद्यालय, स्वास्थ्यचौकी, पुल, कल्भर्ट, सुकुम्वासी सामूहिक आवास, विभिन्न जातजातिका संस्कृति संरक्षणका लागि सामुदायिक भवनलगायत संरचना निर्माण भइरहेका छन् । रासस