११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न



अ+ अ-

काठमाडौँ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज २०८२ साल जेष्ठ २५ गते सम्पन्न भएको छ । सभा काठमाडौँ, कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले हाल कायम रहेको चुक्ता पूँजी रु. १० अर्व ४० चालीस करोडको ४.५० प्रतिशतका दरले हुन आउने रु. ४६,८०,००,०००÷०० (अक्षरेपी छयालीस करोड असी लाख मात्र) बराबरको बोनस शेयर तथा सो बोनस शेयरको कर प्रयोजनको लागि रु. २,४६,३१,५७८÷९५ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

निजी क्षेत्रद्घारा प्रवद्र्धित हिमालयन रिइन्स्योरेन्स लिमिटेड अन्तराष्ट्रिय रेटिङ्ग एजेन्सीबाट रेटिङ्ग भएको नेपालको एक मात्र कम्पनी हो । कम्पनीले विश्वविख्यात रेटिङ्ग एजेन्सी ब्ः द्यभकत बाट द्यं रेटिङ्ग पाएको छ ।

कम्पनीले अन्तराष्ट्रिय बीमा बजारमा एक उदाउँदो पुनर्बीमा कम्पनीको पहिचान बनाउने क्रममा ५२ वटा भन्दा बढी देशहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन सफल भएको छ।

कम्पनीले गत वर्ष मात्रै सर्वसाधारणमा नेपालको इतिहासको सबैभन्दा ठूलो प्रारम्भिक शेयर निष्काशन सम्पन्न गरेको थियो । सो शेयर निष्काशन सम्पन्न गरे लगत्तै बसेको कम्पनीको तेश्रो वार्षिक सभाले तत्कालीन चुक्ता पूँजी रु. १० अर्वको ४ प्रतिशतका दरले हुन आउने रु. ४० करोड बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो । यति ठूलो चुक्ता पूँजी हुनुको बाबजुत कम्पनीले हरेक वर्ष ४ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न सक्नुलाई अभूतपूर्व सफलताका रुपमा लिन सकिन्छ ।

त्यसैगरी सभाले प्रवन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन भएमा सोही बमोजिम गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीको संचालक समितिको अध्यक्षमा श्री शेखर गोल्छा हुनुहुन्छ भने संचालकहरुमा श्री अमित मोर, श्री शाहिल अग्रवाल, श्री रोहित गुप्ता, श्री राजीव मोर, श्री सुभेच्छा खरेल, स्वतन्त्र संचालकमा श्री सुभाष कुमार झुनझुनवाला हुनुहुन्छ तथा प्रमुख कार्यकारी अधिकृतमा श्री उपासना पौडेल हुनुहुन्छ ।