१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेसियाविरुद्ध इन्टरको ६ गोल



अ+ अ-

मिलान । एस्ली योङ, एलेक्स सान्चेज र क्रिस्टियन एरिक्सनले एक–एक गोल गर्दै अन्य गोलमा सहयोगी भूमिका निभाएपछि इन्टर मिलानले बुधबार सिरी एमा ठूलो अन्तरको जित निकालेको छ ।

उसले ब्रेसियालाई ६–० ले हराउँदै तेस्रो स्थानमा आफ्नो पकड मबजुत बनायो । इन्टरको अब ६४ अंक भएको छ । जुन शीर्ष स्थानमा रहेको युभेन्ट्ससँग आठ अंकको अन्तर हो ।

बुधबारका अन्य खेलमा ससुलोले फियोरेन्टिनालाई ३–१, भेरोनाले पर्मालाई ३–२ र साम्पडोरियाले लेचेलाई २–१ ले हराए । एसी मिलानले भने स्पालसँग २–२ को बराबरी खेल्यो ।