५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमको बिलिङ ठेक्कामा साढे ३३ करोड भ्रष्टाचार, को–को छन् प्रतिवादी ? (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रबन्ध निर्देशक पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो ।

यो कार्यमा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ हिनामिना गरिएको अख्तियारले जनाएको छ । उनीहरूमाथि नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणालीमा भ्रष्टाचार गरेको आरोप छ।

अख्तियारका अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक पौडेल, प्रबन्ध निर्देशक पहाडी, तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा बैद्य, प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमुल प्रधान, प्रबन्धक देवेन्द्र खतिवडा, उपप्रबन्धकहरु राजीव कुमार केसी,सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, हेमप्रभा राम प्रताप कर्ण, परमात्मा भट्टराईलाई प्रतिवादी बनाइ आरोप पत्र दायर भएको छ ।

यसैगरी  AsiaInfo Linkage Technologies (China) Inc. (Currently AsiaInfo Yunghang Software ( Beijing) Limited) तथा उक्त कम्पनीका Senior Director Long Yong, CRBT&CS Project Office, Kathmandu Al Operation/Project Manager Mr. Huang Wei (Yellow ) र Local Agent Arniko International Pvt. Ltd. को Director शैलेस श्रेष्ठको आपसी मिलोमतो तथा योजनामा आफूहरूलाई लाभ र नेपाल टेलिकम लिमिटेड/सार्वजनिक संस्थालाई नोक्सानी पुर्याउने वदनियतले गैरकानूनी तवरबाट मूल सम्झौताको प्रावधान बमोजिम AMC सेवामा वर्षिक ५प्रतिशत छुट नलिइ सो प्रावधानको प्रतिकूल हुने गरी काम गरेको अख्तियारको ठहर छ ।

telecome billing akhtiyar