५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न

राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक

राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक
अ+ अ-

कास्की। पोखरा रङ्गशालामा सञ्चालन भएको ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिपमा ‘रिकर्व इन्डिभिजुअल’ तर्फ नेपाल पुलिसका तिलक पुनले पुरुषतर्फ स्वर्ण पदक जितेका छन् । सोही विधामा महिलातर्फ नेपाल पुलिसकी आयशा तामाङले स्वर्ण पदक जितेकी हुन् ।

गण्डकी प्रदेश आर्चरी सङ्घको आयोजनामा पोखराको बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न प्रतियोगितामा रिकर्व पुरुषतर्फ तिलकले नेपाल आर्मीका रोशन नगरकोटीलाई ६–२ को सेटले पछि पारेका हुन् ।

महिलातर्फ आयशाले आर्मीकै मित्र राईलाई ६–४ को सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेकी छिन् । आर्मीकी मञ्जु बजगाईं र नेपाल पुलिसका पवन श्रेष्ठले कास्य पदक हात पारेका छन् ।

‘रिकर्व मेन्स टिम’तर्फ विभागीय टोली नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । फाइनलमा गण्डकीको ‘ए’ टोलीलाई ६–२ ले पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो । गण्डकीले रजत पदक जित्दा गण्डकी ‘बी’ टोलीले कास्य पदक जितेको छ ।

‘रिकर्व मिक्स टिम इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक जित्दा आर्मीले रजत र गण्डकीले कास्य पदक जितेको छ । ‘स्टान्डर्ड मिक्स टिम’मा आयोजक गण्डकीले स्वर्ण पदक जितेको छ । फाइनलमा गण्डकीले आर्मीलाई ५–१ को सेटमा पराजित गरेको हो भने नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ ।

‘कम्पाउन्ड मेन्स इन्डिभिजुअल’मा एपिएफ क्लबका मीन गौचनले स्वर्ण पदक जितेका छन् । फाइनलमा गण्डकी ‘ए’ टोलीका सुमन गुरुङलाई पराजित गर्दै उनले स्वर्ण पदक हात पारेका हुन् । सुमनले रजत पदक जित्दा आर्मीका पवन राईले कास्य पदक पाएका छन् ।

‘कम्पाउन्ड विमेन्स इन्डिभिजुअल’मा गण्डकीकी मोनिका राना मगरले स्वर्ण पदक, एपिएफकी प्रसादा आचार्यले रजत र एपिएफकी निर्मला काङवाङले कास्य पदक पाएका छन् ।

यसैगरी, ‘स्टान्डर्ड मेन्स टिम इभेन्ट’मा गण्डकी ‘ए’ ले ५–३ को सेटमा फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । गण्डकीले स्वर्ण, पुलिसले रजत तथा एपिएफ क्लबले कास्य पदक जितेको हो ।

प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, आर्चरी सङ्घका अध्यक्ष किशोरकुमार गुरुङलगायतले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतियोगितामा तीन विभागीय टोली, कोशी, बागमती र गण्डकी प्रदेशका दुई टोली गरी कुल सात टोलीका महिला २२ र पुरुष ४८ खेलाडीले प्रतिस्पर्धा गरेका आयोजकले जनाएको छ । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक तथा नेपाल आर्चरी सङ्घको प्राविधिक सहयोग रहेको थियो ।  रासस