३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हाँसिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्यः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई आर्थिक रुपले समृद्ध र विकसित बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हाँसिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभउको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको शनिवार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भविष्यका जिम्मेवार नागरिक विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धनमुलक दृष्टिकोण र नवप्रवर्तनशिल क्षमता विकास गराएर विश्वस्तरमा प्रतिष्पर्धी बनाउनु सरकारको दायित्व भएको बताउनु भयो । विज्ञान केबल प्रयोगशालामा सिमित रहने विषय नभइ मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पु¥याउने प्रभावकारी प्रक्रिया भएको बताउनु भयो । राज्यको तर्फबाट विज्ञान, प्रविधि गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विज्ञ र विशेषज्ञहरुको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताउनु भयो ।

विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरुमा पर्याप्त साधन,श्रोतसहितका प्रयोगशाला दक्ष शिक्षक तथा प्राविधकि जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व बन्न गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले भविष्यका जिम्मेवार नागरिक हाम्रा विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धनमुलक दृष्टिकोण र नवप्रवर्तनशिल क्षमता विकास गराएर विश्वस्तरमा प्रतिष्पर्धी बनाउनु हाम्रो दायित्व हो । मुलुकको जिम्मेवार राजनीतिक पार्टी जसको अध्यक्षसमेत यसै झापा जिल्लाका हुनुहुन्छ । उहाँको जिल्लामा यस प्रकारको रचनात्मक कार्यक्रम आयोजना हुनु खुशीको विषय हो ।

विज्ञान केबल प्रयोगशालामा सिमित रहने विषय होइन । बरु यो त मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पु¥याउने प्रभावकारी प्रक्रिया हो । राष्ट्रलाई आर्थिक रुपले समृद्ध र विकसित बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हाँसिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य छ । राज्यको तर्फबाट विज्ञान, प्रविधि गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विज्ञ र विशेषज्ञहरुको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक छ । विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरुमा पर्याप्त साधन,श्रोतसहितका प्रयोगशाला दक्ष शिक्षक तथा प्राविधकि जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व बन्न गएको छ ।’

पूर्वराष्ट्रपति भण्डारीले नेपालमा मुलुकको समृद्धिका लागि चाहिने उपयोगी प्राकृतिक श्रोत, साधन र सम्पदाहरु प्रचुर रुपमा उपलब्ध रहेको बताउँदै तिनको दिगो र अधिकतम प्रयोग गर्दै स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धिमा साथै व्यापक रोजगारीको सिर्जना गरी स्वाधिन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको निर्माण गर्नुपर्ने बताउनु भयो ।