१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट लिजेन्ड सर एभर्टनको निधन



अ+ अ-

वेस्ट इन्डिज क्रिकेटका लिजेन्ड क्रिकेटर सर एभर्टन विक्सको बुधबार ९५ वर्षको उमेरमा निधन भएको छ।  

क्रिकेट वेस्ट इन्डिजले लिजेन्ड एभर्टनको निधन भएको जनाएको छ। फ्रांक ओरेल र क्लाडे वाल्कटसँगसँगै खेलेका एभर्टनले वेस्ट इन्डिजबाट १९४८ मा डेब्यु गरेका थिए। विश्वभर प्रतिष्ठिन प्रशिक्षक, विश्लेषक, टिम म्यानेजर र म्याच रेफ्रीको रूपमा चिनिएका एभर्टन अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का सदस्य पनि थिए। २२ वर्षको उमेरमा टेस्ट खेलमा डेब्यु गरेको एभर्टनले पहिलो खेल क्रिकेटको जननी मानिने इङ्ल्यान्डसँग खेलेका थिए। उनले पहिलो खेल किंग्सटन ओभल मैदानमा खेलेका थिए भने अन्तिम खेल पाकिस्तानविरुद्ध ट्रिनिडाडमा एक दशकपछि खेलका थिए।  

वेस्ट इन्डिजका लागि विक्सले ४८ टेस्टमा ४ हजार ४ सय ४५ रन बनाएका छन्। उनी पाँच टेस्ट इनिङ्समा लगातार शतक बनाउने खेलाडी पनि हुन्। उनीसँगै खेलेका ओरेल र वाल्कटको १९६७ र २००६ मा निधन भइसकेको छ।