२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अम्बिका र दीपिका फाइनलमा



अ+ अ-

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका अम्बिका सापकोटा र नेपाल कृषि विकास बैंकका दीपिका राई १४औँ कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा आज  फाइनलमा पुग्नुभएको छ ।

हात्तिगौडास्थित ¥याकट एन्ड रोल ब्याडमिन्टन हलमा भएको खेलमा अम्बिकाले कृषि विकास बैंकका प्रतीक्षा नेपाललाई २१–१७ र २१–१६ तथा दीपिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणका सरला श्रेष्ठलाई २१–११ र २१–१२ को सोझो सेटमा पराजित गर्नुभयो ।

पुरुष सिंगल्समा विद्युत् प्राधिकरणका भक्तराज जोशीले कृषिका टक्कर कुँवरलाई २१–१९ र २१–१४ तथा विद्युतकै मंगेश तामाङले नागरिक उड्डयनका कालजङ्ग लामालाई १९–२१, २१–१६ र २१–५ को सेटमा हराउदै फाइनलमा स्थान पक्का गर्नुभयो ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान)द्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विद्युत्का रत्न श्रेष्ठले नागरिक उड्डयनका देवेन्द्रप्रसाद पाण्डेलाई २२–२४, २१–११ र २१–११ तथा विद्युतका राजु महर्जनले नेपाल वायु सेवा निगमका घनश्याम भट्टलाई २१–१३ र २१–११ ले पाखा लगाउदै फाइनलमा पुग्नुभयो ।

एक्जिक्युटिभ डबल्समा विद्युत्का बासु कोलोनी र लोकेन्द्र साउदको जोडी तथा विद्युतकै विष्णु गैरे र युकेश श्रेष्ठको जोडीले फाइनलमा स्थान बनाउनुभयो ।

पुरुष डबल्समा कृषिका टक्कर कुँवर र राजकुमार निरौला तथा विद्युत्का विनोद अधिकारी र भक्तराज जोशीले फाइनल भेट पक्का गर्नुभयो ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युत्का राजु महर्जन र रत्न श्रेष्ठ तथा विद्युत्का छविलाल भट्टराई र विष्णु मास्केको जोडीले फाइनलमा स्थान सुरक्षित गर्नुभयो । रासस