२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्नि सापकोटाविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मार्ने र अपहरण मुद्दाको उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको इजलासले सापकोटाविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गरेको हो । सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै अर्जुनकी पत्नी पूर्णिमाया लामा, कनकमणि दिक्षित र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए ।

यो उत्प्रेषणको आदेशले अब सापकोटामाथिको अनुसन्धान अघि बढ्ने भएको छ ।