२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल चयन, अन्य पदाधिकारीमा को–को ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्ष पदमा डा. सन्तोष पौडेल चयन भएका छन् ।

सोमबार साँझ अध्यक्ष मण्डलले डा. पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा ९९ सदस्सीय केन्द्रीय कमिटी घोषणा गरेको हो ।

जसअन्तर्गत उपाध्यक्षमा अमृता बराल र रामहरि ढकाल चयन भएका छन् ।

यस्तै, महासचिवमा भीमराज सिंह सर्वसम्मत भए भने उपमहासचिवमा खगराज पोखरेल निर्विरोध बने ।

सचिवमा चन्द्र सुनार, रुपा केसी, हरेन्द्र यादव र अनुप केसी चयन भएका छन् । अन्य सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन भएका छन् ।

२०६२ मा स्थापना भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल विस्तार भएर चौथो महाधिवेशन २०७८ बाट महासंघमा रुपान्तरित भएको थियो ।