४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले राजीनामा गरी मार्ग प्रशस्त गर्नुपर्ने रास्वपाको माग

भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले राजीनामा गरी मार्ग प्रशस्त गर्नुपर्ने रास्वपाको माग
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा गरी मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले संवैधानिक निकाय “अख्तियार दुरुपयोग अनुसन्धान आयोग”ले भिजिट भिसा काण्डमा अनुसन्धान थाले पश्चात् मुख्य अभियुक्तलाई अनुसन्धानको घेरा बाहिर राख्ने प्रयत्न स्वरुप गृहमन्त्रीले अध्यागमन प्रमुखको सरुवा गर्ने, अनुसन्धानमा खटिएका अख्तियारका डिआईजीको सरुवा गर्ने, प्रमाण नष्ट गर्ने नियतले संयन्त्र परिचालनग गर्ने लगाएतका घट्ना भएको देखिएकोले गृहमन्त्रीले तत्काल राजीनामा दिएर गृह मन्त्रालय मातहतको निकायलाई निष्पक्ष अनुसन्धानमा सघाउनु पर्ने पार्टीको धारणा रहेको जनाएको छ ।

रास्वपाले भनेको छ आफैंले स्थापित गरेको नैतिकताको मापदण्डमा चुकेको र कर्तव्यपालनमा लापरवाही देखिँदै गर्दा निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न समेत गृहमन्त्रीको राजीनामा मागिनुपर्ने निष्कर्ष पार्टी सचिवालयको छ।

बैठकले पार्टी सभापति रवि लामिछानेलाई षडयन्त्रपूर्वक राज्यसंयन्त्र र कानुनलाई अस्त्रिकरण गर्दै लगाइएको प्रतिशोधपूर्ण झुठा मुद्दाको पछिल्लो अवस्थाका सम्बन्धमा पार्टी सचिवालय बैठकमा छलफल गरेको छ ।

बैठकले “सहकारी वचतकर्ताका करोडौं, अरबौं रकम अपचलनमा संलग्न सहकारी सञ्चालक, व्यवस्थापकहरु १०(२० लाख धरौटी बुझाएर एकै दिन पनि प्रहरी हिरासतसमेत नबसी अदालतबाट रिहा हुने तर सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका र संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन गर्नमा संलग्नता देखिएन भनी स्पष्ट किटान भएका रवि लामिछानेलाई फसाउने नियतले सरकारले लगाएको झुठा मुद्दा विरुद्ध “प्रतिशोध विरुद्ध न्यायका लागि वृहत अभियान” अन्तरगत हस्ताक्षर अभियानलाई व्यापक बनाउने निर्णय गरेको छ ।

बैठकमा पार्टी गतिविधिबारे प्रदेश इन्चार्जहरु सन्तोष परियार (कोशी), मनिष झा (मधेश), लिमा अधिकारी (बाग्मती), शिशिर खनाल (गण्डकी), विपिनकुमार आचार्य (लुम्बिनी), गणेश पराजुली (कर्णाली) र हरि ढकाल (सुदुरपश्चिम) बाट ब्रिफिङ लिई प्रभावकारी गतिविधिका लागि छलफल गर्दै निर्देशन समेत दिएको छ ।

पार्टीको अनुशासन आयोगको प्रतिवेदन सहितको सिफारिसका आधारमा पार्टी सदस्यहरु राजेश तिम्सिना र कमलबाबु मैनालीको पार्टी सदस्यता खारेजी गर्ने र केन्द्रीय समितिमा अनुमोदनका लागि पेश गर्ने निर्णय भएको प्रवक्ता ९कार्यवाहक० मनिष झाले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख छ ।