२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित



अ+ अ-

काठमाडौँ। अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ ।

थाइल्यान्डको पथुम थानीस्थित थम्मासत रङ्गशालामा आज सम्पन्न खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा थाइल्यान्डले दुई गोल ग-यो ।

खेलको ५९औँ मिनेटमा थाइल्यान्डले पहिलो गोल ग-यो । थाइल्यान्डकी चात्चावान रोडथोङले करिब ३५ यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो । त्यसैगरी खेलको ७४औँ मिनेटमा दोस्रो गोल ग¥यो । थाइल्यान्डकी कप्तान जिरापुरन मोङकोल्डीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः नेपाल थाईल्यान्डसँग २–० गोलअन्तरले पराजित भयो । यसअघि शुक्रबार भएको खेलमा पनि नेपाल थाइल्यान्डसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

थम्मासत रङ्गशालामा विद्युतीय समस्या देखिएका कारण खेल निर्धारित समयभन्दा ३० मिनेट ढिला सञ्चालन भएको थियो । उक्त खेल नेपाली समयअनुसार ४ः४५ बजे सुरु हुने तालिका थियो ।

उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोटको तयारी स्वरुप नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । महिला एसियन कप फुटबल यही जुन २९ तारिखदेखि हुँदैछ । एसिनय कप छनोटमा नेपाली महिला टोली समूह एफमा परेको छ । नेपालको समूहमा आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंका छन् । रासस