१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली

पोर्चुगलमा कोरोना प्रभावितको साहारा बनेका टंक

पोर्चुगलमा कोरोना प्रभावितको साहारा बनेका टंक
अ अ+ अ-

काठमाण्डौं । कोरोना भाईरसको महामारीका कारण प्रभावित भएका पोर्चुगलका निम्न बर्गीय परिवारलार्ई लक्षित गरेर एक नेपालीले निःशुल्क खाना अभियान सञ्चालन गरेका छन् । 

बाग्लुङ दमेकका ४६ वर्षीय टंक सापकोटाले पोर्चुगलका निम्न बर्गीय परिवारका लागि निःशुल्क खाना अभियान सञ्चालन गरेका हुन् । इटालीयन सेफका रुपमा चर्चित सापकोटाले राजधानी लिस्बनका २५ सय परिवारका करिब १० हजारलाई निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको जानकारी दिए । 

कोरोनाको महामारीका कारण रोजीरोटी गुमाएका लिस्बन महानगर अन्र्तगतका २४ वटै वडाका बिपदमा परेका परिवारलाई निःशुल्क खाना खुवाउन लागिएको हो । सापकोटाले कोरोनाको महामारीबाट प्रभावित भएकाहरुलाई लक्षित गरी १० हजार पिज्जा निःशुल्क खुवाउन लागेका हुन् । २५ बर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका सापकोटा इटालीयन खानाका लागि युरोपमा प्रख्यात छन् । सापकोटा पोर्चुगलका एक सफल व्यवसायी पनि हुन् ।

कोरोनाको महामारीबाट प्रभावित भई समस्यामा परेका परिवारलाई एक छाक मात्र भएपनि खाना खुवाएर सहयोग गरौं भन्ने उद्धेश्यले निःशुल्क खाना अभियान सञ्चालन गरिएको सापकोटाले बताए । “हामीले परोपकार र बिशुद्ध सेवाभावले निःशुल्क खाना अभियान सञ्चालन गरेका हौं,–‘सापकोटाले भने ।” 

सापकोटाले उक्त अभियानका लागि घुम्ती शिबिरकै रुपमा खाना पकाउने ब्यबस्था मिलाएका छन् । जसका लागि ३१ हजार युरो अर्थात् झण्डै ४१ लाख नेपाली रुपैयांको लागतमा पिज्जा पकाउने चुल्हो ९र्फोनो० खरिद गरि मोबाईल चुल्होकै रुपमा सञ्चालनमा ल्याएका छन् । 

गत १६ जुन देखि लिस्बनको बेलेई बाट शुरु भएको अभियान ११ जुलाई सम्म सञ्चालन हुने सापकोटाले जानकारी दिए । घुम्ती शिबिर भएका कारण चुल्हो पू¥याउने, खानाको तयारी गर्ने लगायत फिल्डमै सिंगो रेष्टुरेन्ट सञ्चाल गर्नुपर्ने हुँदा धेरै खट्नुपरेको छ । कोरोना कहरका बिच सर्तक भएर काम गर्नुपर्ने चुनौती पनि छ । तर समस्यामा परेकालाई खाना खुवाउन पाउंदा आनन्दको अनुभूति भएको छ– सापकोटाले भने । 

“हाम्रो अभियानलाई महानगरले समेत बिशेष महत्व दिएर साथ दिएको छ । महानगरका उपमेयर समेत दैनिक जसो अभियानमा सहभागी हुन आउनुहुन्छ । उहांको उपस्थितीले हामीलाई थप उर्जा र हौशला मिलेको छ– सापकोटाले खुशी ब्यक्त गर्दै भने ।”  सापकोटाका अनुसार खाना बितरणको ब्यबस्थापन र संयोजन महानगरले गरिरहेको छ । महानगरका केही सरकारी कर्मचारी सहित ५ सय जनाले स्वतस्र्फूत रुपमा यो अभियानलाई स्वयंसेवकका रुपमा सघाएको सापकोटाले बताए । निःशुल्क खाना अभियानलाई महानगरका उच्च अधिकारीहरुले समेत अनुकरणीय काम गरेको भन्दै प्रशंसा गर्ने गरेको उनले सुनाए । 

‘हामीले १७ सय २० परिवारका ८ हजारलाई खाना खुवाउने योजना बनाएका थियौं, तर खाना खुवाउंदै जाने क्रममा यो संख्या बढेर २५ सय परिवारका १० हजार बढी पूग्ने भएको छ, ‘उनले भने ।”

उक्त अभियानमा सापकोटा सहित १५ जना कामदार खटेका छन् । एक दिनमा तीन सय पिज्जा बितरण गर्ने लक्ष्यका साथ काम भईरहेको उनी बताउंछन् । खानाको तयारी देखि लिएर पिज्जा पकाउने सबै काम फिल्ड बाटै गरिएको छ । ताजा र गुणस्तरयुक्त खाना खुवाउने अभिप्रायले घुम्ती शिबिर सञ्चालन गरिएको सापकोटाको भनाई छ । तयार भएको खाना घर सम्मै पू¥याउने ब्यबस्था समेत मिलाईएको उनले बताए । 

सापकोटाको उक्त अभियानको ब्यबस्थापनमा भने अर्का नेपाली ब्यसायी लक्ष्मी प्रसाद सापकोटा जुटेका छन् । रेष्टुरेन्ट ब्यबसायी समेत रहेका उनले टंक सापकोटाको यो अभियानले नेपालीको गौरव बढाएको प्रतिक्रिया दिए । शुक्रबार सम्म १५ वटा वडाका करिब ६ हजार बढीलाई खाना खुवाईएको सापकोटाले जानकारी दिए ।

महानगरले उपलब्ध गराएको सुचिका आधारमा गरिब तथा बिपन्न परिवारलाई खाना बितरण गरिएको छ । सापकोटाका अनुसार एक महिने निःशुल्क खाना अभियानका लागि करिब ९७ हजार युरो अर्थात् एक करोड बढी नेपाली रुपैयां खर्च हुने अनुमान गरिएको छ । यसरी निःशुल्क रुपमा खुवाउन लागिएको पिज्जाको प्रति मूल्य करिब ७ युरो अर्थात् नौ सय नेपाली रुपैयां पर्न आउने सापकोटाले बताए । 

सापकोटाको आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालियन र दुई नेपाली गरी पाँच रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् । सापकोटाले सञ्चालन गरेका र्फोनोे दी ओरो रेष्टुरेन्ट विश्वकै उत्कृष्ट २० पिज्जा बनाउने रेष्टुरेन्ट मध्येको एक हो । जहाँ सुनको चुल्होमा खाना पकाईन्छ । 

संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय, युनेस्कोले इटालीको प्रख्यात ‘न्यापोलितान पिज्जा’ बनाउने ९दाउरा बालेर ईंटाको ताप्केमाथि पिज्जा बनाउने अद्वितीय सांस्कृतिक र खानपानको परम्परा० कलालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ । जसमा सापकोटाले सञ्चालन गरेका दुई वटा रेष्टुरेन्ट समेत उक्त सुचिमा समावेश भएका छन् । 

सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरि ल्याएका बिश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए ।  

उनले इटालियन खानामा प्रर्दशन गरेको कला र प्रतिभा कै कारण दर्जनौं पुरस्कार समेत प्राप्त गर्न सफल भएका छन् । सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भएका थिए ।