१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

नेपाली कांग्रेसभित्र ‘सत्ता–परिचर्चा’, पार्टी विभाजन नभएसम्म मौन रहने नीति

नेपाली कांग्रेसभित्र ‘सत्ता–परिचर्चा’, पार्टी विभाजन नभएसम्म मौन रहने नीति
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यही असार १७ गते साँझ बालुवाटारमा भेट भयो। नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले आइतबार बिहान सभापति देउवासँग बूढानीलकण्ठमा भेट गरे। नेकपाभित्रको विवाद चर्किंदै गएका बेला भएका यी भेटवार्तालाई सम्भावित सत्ता साझेदारीसँग जोडेर हेर्न थालिएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेताहरूसँगको भेटबारे देउवासँग जवाफै मागे। तर, ‘अनावश्यक कुरा’ गरेको भन्दै देउवा झोंक्किए। ‘वरिष्ठ नेताले यस्ता अनावश्यक कुरा गर्ने ? ’, देउवाले संक्षिप्तमा भने, ‘सत्ता साझेदारीबारे कुनै कुरा भएको छैन।’

नेता पौडेलले कांग्रेस सत्ताको जोडघटाउमा लाग्नु उपयुक्त नहुने भन्दै संशय व्यक्त गरे। देउवाले संवैधानिक परिषद् बैठक र विभिन्न आयोगमा रिक्त पदमा नियुक्तिबारे छलफल भएको जानकारी दिए। नेम्बाङसँगको भेटबारे सबै कुरा नेता डा. मीनेन्द्र रिजाललाई थाहा भएको भन्दै उनी पन्छिए। ‘सुवास नेम्बाङजीले संवैधानिक आयोगका नियुक्तिका विषयमा छलफल गर्न सभापतिज्यूसँग भेट गर्नुभएको हो’, नेता डा। रिजालले भने, ‘अस्ति प्रधानमन्त्री र सभापतिज्यूबीच भएको छलफलअनुसार संवैधानिक परिषद्को बैठक बोलाउने र रिक्त आयोगमा मनोनित गर्नेबारे छलफल भयो। त्योभन्दा अरू थप केही छलफल नै भएन।’

प्रवक्ता विश्वकर्मा शर्माले संवैधानिक परिषद् बैठकबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएपछि देउवा बालुवाटार गएको उल्लेख गरे। ‘प्रधानमन्त्री ओली र सभापति देउवाबीच यही विषयमा आधा घण्टा छलफल भयो’, प्रवक्ता शर्माले भने, ‘अन्तिममा प्रधानमन्त्रीले पार्टीभित्र आफूलाई असहयोग भएको, सरकार के हुने भन्ने अन्योल भइरहेको, यस्तो बेला तपाईंको सहयोग आवश्यक हुन्छ भनेर प्रस्ताव गर्नुभयो।’ देउवाले भने पार्टीमा मिलेर अघि बढ्न शुभकामना दिएको उनले उल्लेख गरे। कांग्रेस स्रोतले भने प्रधानमन्त्रीले सम्भावित सत्ता साझेदारीबारे प्रस्ताव गरेपछि देउवाले आफूनिकट नेतारूसँग छलफल चलाएको जनाएको छ। पार्टी विभाजन भए सम्भावित सत्ता साझेदारीका लागि नेकपाका दुवै पक्षले देउवा र उनीनिकट नेतासँगको भेटलाई तीव्रता दिएका छन्। सभापतिभन्दा पनि दोस्रो तहका नेता नेकपाका दुवै पक्षसँग सम्पर्कमा रहेको एक नेताले बताए। ‘हामी नेकपा फुटोस् र सरकारमा जाऔंला भनेर कुरेर बसेका छैनौं’, ती नेताले भने, ‘उहाँहरू फुट्नुभयो र कांग्रेस सहभागी नभई सरकार नबन्ने अवस्था आयो भने त्यसबारे छलफल गर्न सकिन्छ।’

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताले राजीनामा मागेका छन्। विवाद मिलाउन जारी सहमतिका प्रयासले सार्थकता नपाइरहेका बेला नेकपा नेता नै कांग्रेस नेतासँग सम्भावित सत्ता गठनबन्धनका लागि सक्रिय भएका हुन्। कांग्रेसले भने नेकपा विभाजन नभएसम्म सत्ता साझेदारीबारे छलफलको औचित्य नभएको भन्दै मौन रहने नीति लिएको छ। ‘ओली र दाहाल दुवै पक्षका नेता हामीसँग कुरा गर्न आएका छन्। तर, पार्टी विभाजन नै नभई हामीले कसलाई समर्थन गर्ने भन्ने कुरै हुँदैन’, देउवानिकट अर्का एक नेताले भने, ‘सभापतिसँग कुरा गर्नुपर्‍यो भनेर मसँग पनि नेताहरू कुरा गर्न आएका थिए। तर, पार्टी नै नफुटी कसरी सत्ता गठबन्धनको कुरा हुन्छ ?’ उनका अनुसार नेकपा नेताले पार्टी मिल्ने ठाउँ नरहेको दाबी गर्न थालेका छन्।

डा। रिजालले पार्टी बैठकमा सत्ता सहकार्यका लागि नेम्बाङले प्रस्ताव ल्याएको भन्ने चर्चाको खण्डन गरेका थिए। ‘उहाँहरूको पार्टी आन्तरिक द्वन्द्वमा छ। प्रधानमन्त्री हटाउने हो भने संसदीय दलका नेताबाट हटाउनुपर्‍यो। पार्टी अलग भयो भने दुई पार्टीमध्ये कुन पार्टीको प्रधानमन्त्री बनाउने हो, त्यसपछिको कुरा हो’, उनले भने, ‘सुवासजीले न कुनै सत्ता सहकार्यको प्रस्ताव गर्नुभयो न हामी कम्युनिस्ट पार्टी फुट्ला भनेर कुरेर बसेका छौं।’ अन्नपुर्णपोष्ट दैनिक