४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्‍वकै तेस्रो उच्च संक्रमित मुलुक ‘भारत’



अ+ अ-

नयाँदिल्ली । भारतको कोरोना भाइरसबाट संक्रमितको संख्या ६ लाख ९० हजार नाघेको छ । योसँगै भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरुको सूचीमा रुसलाई पछि पार्दै तेस्रो नम्बरमा उक्लिएको छ । आइतबार साँझसम्ममा भारतमा ६ लाख ९० हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ । रुसमा आइतबार साँझसम्म संक्रमितको संख्या ६ लाख ८० हजार २८३ रहेको छ । विश्वमा सबैभन्दा बढी संक्रमण हुने मुलुकमा पहिलो नम्बरमा अमेरिका र दोस्रोमा ब्राजिल छन् । भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमणमा तीव्र वृद्धि भइरहेको छ । भारतमा पछिल्लो एक दिनमा मात्र करिब पच्चीस हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

भारतका ३६ वटा राज्य तथा केन्द्र शासित प्रदेशहरुमध्ये संक्रमितको संख्या सबैभन्दा उच्च रहनमो महाराष्ट्र, तमिलनाडु र दिल्ली छन् । संक्रमण बढ्ने क्रमसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । भारतमा हालसम्म १९ हजार २६८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । संक्रमितहरुमध्ये ४ लाखभन्दा बढी उपचारपछि निको समेत भइसकेका छन् । यसैबीच दक्षिण भारतीय राज्य केरलाले कोरोना भाइरसको संक्रमणको जोखिम न्यून गर्न आगामी एक वर्षका लागि कोभिड–१९ सुरक्षा निर्देशिका जारी गरेको छ । जसअनुसार एक वर्षसम्म सार्वजनिक स्थलमा मास्क र सामाजिक दूरी अनिवार्य गरिएको छ । सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई १० हजार भारतीय रुपैयाँ जरिवाना तोकिएको छ ।

त्यसैगरी वैवाहिक कार्यक्रममा बढीमा ५० जना र मलामीमा २० जनाभन्दा बढी भेला नहुने नियम बनाइएको छ । साथै प्रशासनको अनुमतिबिना धर्ना, जुलुस वा भेला निषेध गरिएको छ । त्यस्ता कार्यक्रममा दश जनाभन्दा बढी जम्मा हनु पाइने छैन । कुनै पनि पसलमा एक पटकमा बीस जनाभन्दा बढी ग्राहकलाई निषेध गरिएको छ । त्यसैगरी सार्वजनिक स्थलमा थुक्न पूर्णरुपमा निषेध गरिएको छ ।

भारतमा कोरोना संक्रमणको पहिलो केस केरलामै गत ३० जनवरीमा पहिचान देखिएको थियो । कोरोना महामारी रोकथामका काम प्रभावकारी भएका कारण त्यहाँ हालसम्म पाँच हजार दुई सय जनामा मात्र संक्रमण पुष्टि भएको छ । जसमध्ये तीन हजारभन्दा बढी निको भइसकेका छन् । कान्तिपुर दैनिक