१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली

संवैधानिक इजलास सुचारु हुने

संवैधानिक इजलास सुचारु हुने
अ अ+ अ-

लामो समयदेखि स्थगित रहेको सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासले अब सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासले कारबाही र सुनुवाइ गर्नेबारेमा नेपाल बार एसोसिएसनलाई जानकारी गराएको छ । संवैधानिक इजलासमा विगत चार महिनादेखि सुनुवाइ प्रक्रिया स्थगित हुँदै आएको थियो । बन्दाबन्दीको अवधिमा सर्वोच्च अदालतमा केही मुद्दा तथा विवादको सुनुवाइ भए तापनि संवैधानिक इजलास भने पूर्ण रुपमा बन्द रहँदै आएको थियो ।

अब भने सो इजलासमा पनि सुनुवाइ प्रारम्भ गर्ने गरी व्यवस्था गरिएको सर्वोच्च अदालतले जानकारी दिएको छ । बन्दाबन्दी अघि बुधबार र शुक्रबारको दिन संवैधानिक इजलासमा सुनुवाइ हुने गर्दथ्यो । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार आगामी बुधबारबाट संवैधानिक इजलास बस्ने सम्भावना रहेको छ । उक्त इजलासमा प्रधानन्यायाधीशसहित सर्वोच्चका पाँच न्यायाधीश रहने संवैधानिक व्यवस्था छ । यस इजलासले संविधानमा भएको मौलिक हकउपर अनुचित बन्देज लगाइएको, संघीय वा प्रदेश वा स्थानीय तहबाट निर्माण गरिएको कानुन संविधानविपरीत भएको दाबी गरी दायर रिट निवेदनको सुनुवाइ गर्ने गर्दछ ।

त्यस्तै संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहबीचको अधिकार क्षेत्रको बारेमा भएको विवाद पनि संवैधानिक इजलासले सुनुवाइ गरी किनारा गर्नुपर्ने व्यवस्था छ । संवैधानिक इजलासले संघीय संसद् वा प्रदेश सभा सदस्यको निर्वाचनसम्बन्धी विवाद र संघीय संसद्का सदस्य वा प्रदेश सभा सदस्यको अयोग्यतासम्बन्धी विवाद पनि कारबाही र किनारा गर्ने गर्दछ । संवैधानिक इजलासमा हाल १ सय ८८ वटा विवादित मुद्दा विचाराधीन अवस्थामा छन् ।

संवैधानिक इजलासमा बन्दाबन्दीको समयलगत्तै हालसम्म रिट निवेदन दर्ता पनि हुन सकेको थिएन । बन्दाबन्दीको अवधि नसकिँदै सो इजलासमा सुनुवाइ हुने रिट निवेदनको पनि अव दर्ता खुलेको सर्वोच्चले जनाएको छ । सर्वोच्चबाट नेपाल बारलाई जानकारी गराइएको पत्रमा उल्लेख गरिएको छ– ‘बन्दाबन्दीको अवधिमा अदालतबाट सम्पादन हुने काम कारबाही र सेवा प्रवाहको सम्बन्धमा यस अदालतको पूर्वसूचनाबमोजिम सुचारु गरिएका काम कारबाही र सुनुवाइलगायतको व्यवस्थापनलाई निरन्तरता दिँदै संवैधानिक इजलासमा पेस हुने निवेदन/मुद्दाको दर्ता, कारबाही र सुनुवाइको कार्यसमेत गर्ने गरी व्यवस्था मिलाइएको उल्लेख छ । नेपाल समााचारपत्र दैनिक