१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम रहेको बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणतन्त्रको स्टिकर टाँसेर मात्रै गणतन्त्र रहन नसक्ने बताउनु भयो । उहाँले देश र जनता बनाउनुको ठाउँमा नेताहरु धन कमाउने कुरामा ध्यान केन्द्रित गरिरहेको बताउनु भयो । लोकतन्त्रमा दल नसुध्रिकन नहुने उहाँको भनाइ छ । महाससचिव भुसालले भारदारहरु र अहिलेका नेताहरुमा कुनै फरक नरहेको बताउनु भयो । लोकतन्त्रका नेताहरुको विलासी जीवनशैली, व्यवहार नसुधारेसम्म दूरदिन अझै लम्बिने जिकिर गर्नुभयो ।

महासचिव भुसालले भन्नुभयो, ‘भारदारहरु र हाम्रा नेताहरु फरक छन् साँच्चै ? भन्नसक्छौँ । म गणतन्त्रवादी, मेरा नेता र राजाका भारदारको जीवनमा फरक छैन । तिनले बस्ने कुर्सी, तिनले हिँडने तरिका, तिनका भेटघाट, रातिको भेटघाट, सम्पती । साँच्चै कति कति फरक छ । गणतन्त्रवादीले यो नैतिकताका साथ किन भन्न सकिरहेका छैनन् । दोषी को हो ? यो नखोज्ने हो भने बिरालाको घाँटीमा कसैले घण्टी बाँध्दैनन् । दूरदिन अझै लम्बिएर जान्छ । यो त्यही विचारमा हामीले गरेको कम्परमाइजका लागि विपीले र पुष्पलालले लिएको बदला हो भन्ने लाग्छ । पार्टीहरु पञ्चायत जस्ता भए । अलिअलि छलफल त पञ्चायत, राष्ट्रिय पञ्चायतमा पनि हुन्थे । पार्टीहरुको पञ्चायतीकरण, नेताहरुको राजातन्त्र । गणतन्त्रको एउटा स्टिकर टाँसेर हुने हो की ? हामी धन कमाउनु,धमाउनु आदि इत्यादि काममा हामी गयौँ । लोकतन्त्रमा दल नसुध्रिकन हुँदैन ।’

महासचिव भुसालले भारदारहरु र गणतन्त्रवादीहरु फरक छौँ भनेर नैतिकताका साथ गणतन्त्रवादीहरुले भन्न नसक्ने बताउनु भयो ।