२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालो छाता सहित राजसंस्थापक्षधर सडकमा



अ+ अ-

काठमाडौं । राजसंस्था पुनर्स्थापना , संघियता र धर्म निरपेक्षताको खारेज गर्नु पर्ने माग सििहत आजबाट संयुक्त जनआन्दोलन सुरु भएको छ ।

संयुक्त जनआन्दोलन समितिमा रहेका रहेका दल र समुह प्रर्दशनमा उत्रिएका छन् । आज आन्दोलनको पहिलो दिन शान्तिबाटिका भेला भएर जुलुसले टुँडिखेलको परिक्रमा गर्ने भएको छ ।

काठमाडौंका ७ स्थानबाट राजावादीको जुलुसहरु निस्किएको छ। मैतीदेवीबाट निस्किएको जुलुसको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गर्नुभएको छ । यसैगरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेतृत्व गरेको जुलुस सिफलबाट निस्किएको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदीको नेतृत्वमा नारायणचौर ,नयाँ बजारबाट सुरु भएको जुलुसको नेतृत्व डा। प्रकाशचन्द्र लोहनीले र त्रिपुरेश्वरबाट निस्किएको जुलुसको नेतृत्व केशरबहादुर विष्टले गर्नुभएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विरोधको प्रतिक कालो रङ्ग र मुकुटको प्रतिकको रुपमा छाता (कालो छाता) लिएर सडकमा निस्कएको बताउनु भयो ।