१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

गोठ सुधार गरेपछि पशुचौपायामा सङ्क्रामक रोग घट्दै

गोठ सुधार गरेपछि पशुचौपायामा सङ्क्रामक रोग घट्दै
अ अ+ अ-

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी मीना बिष्टको गोठमा गाईभैँसीको मलमुत्र निकासको राम्रो प्रबन्ध गरिएको छ । गोठ सुधार गरिएपछि गाईभैँसीमा विगतमाझैँ सङ्क्रामक रोग देखिन छाडेको छ ।

दुध उत्पादन पनि वृद्धि भएको छ । “पम्परागत गोठमा पशु चौपायाको मलमुत्र व्यवस्थापन नहँुदा दुर्गन्धित हुन्थ्यो”, विष्टले भन्नुभयो, “गोबर र मुत्र माटोमा मिसिँदा हिलाम्मे हुन्थ्यो, अहिले पहिले जस्तो छैन ।”

गोठमा मल एकातर्फ र मुत्र ट्याङ्कीमा जम्मा हुने बनाइएको छ । गोठ सुधारका लागि तराई भूपरिधि कार्यक्रम ९ताल० र सामुदायिक वन समन्वय समिति (सिएफसिसी) कञ्चनपुरले आर्थिक सहयोगसँगै दक्ष प्राविधिक व्यवस्था गरी गोठ सुधार गरिएका हुन् । सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार गणेशपुर गाउँका पशुपालक ६५ किसानको गोठ सुधार गरिएको हो ।

“गोठ सुधारसँगै किसानलाई घाँस, चारो खुवाउन डुँड उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “गोठमा लामखुट्टे, झिङ्गा, मुसा र परजीविको समस्या हट्दा पशु मात्रै नभएर किसानलाई पनि सङ्क्रामक रोगको समस्या घटेको छ ।”

उहाँका अनुसार सुधारिएको गोठबाट सङ्कलित गोबर किसानले खेतबारीमा प्रयोग गर्ने गरेका छन् । पशु चौपायाको मलमुत्रमा नाइट्रोजन, पोटासलगायत पूर्ति हुने भएकाले किसानहरु रासायनिक मल खरिद गर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् ।

“गोठ सुधार गर्नु भनेको संरचना बनाउनु मात्रै होइन”, सामुदायिक वन समन्वय समितिका निर्मल भट्टले भन्नुभयो, “पशुपालन व्यवसायको समग्र उत्पादनशीलता वृद्धि र दिगोपन सुधार पनि हो ।” रासस