नयाँदिल्ली । छिमेकी मुलुक भारतमा देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १०८३ पुगेको छ ।
केरलामा सबैभन्दा बढी ४३० जना कोरोना बिरामी छन् । मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ५ र हरियाणामा ३ जना नयाँ संक्रमित भेटिएका छन् । यसैबीच, गुजरातमा १३ जना बिरामी निको भएका छन् ।
उत्तर–पूर्वमा पनि कोरोनाका केसहरू देखिन थालेका छन् । अरुणाचल प्रदेशमा मंगलबार दुई महिलामा कोरोना पोजेटिभ पाइएको छ । यी मध्ये एक जनालाई ज्वरो र हल्का खोकी लागेको छ भने अर्की महिलामा कुनै लक्षण देखिएको छैन ।
उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार उपचारको क्रममा ७८ वर्षीय कोरोना पोजिटिभ वृद्धको मृत्यु भएको छ । यो राज्यमा कोभिडको नयाँ भेरियन्टका कारण भएको पहिलो मृत्यु हो ।
यसबाहेक, महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा जम्मा ११ जना बिरामीको मृत्यु भएको छ । कुल मृत्यु हुनेको संख्या १२ पुगेको छ ।










