७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा संघको निर्वाचनः मतदान सम्पन्न, केहीबेरमै मतगणना थालिने



अ+ अ-

पोखरा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको नेतृत्वका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ ।

पोखरा सभागृहमा बिहीबार बिहान साढे १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो । १७६४ प्रतिनिधिमध्ये १४०४ जनाले मतदान गरेका छन् ।

केही समयमै मतगणना सुरु हुने निर्वाचन कमिटीले जनाएको छ । निर्वाचनमा निवर्तमान अध्यक्ष क्षितिज थेबे र निवर्तमान महासचिव सुमन पुरी प्यानलैसहित चुनावी मैदानमा छन् । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् ।

यस्तै, पुरी प्यानलबाट पर्वत भण्डारी र प्रकाश गौतम उपाध्यक्षको उम्मेदवार छन् । महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीको उम्मेदवारी छ ।

६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो । विद्युतीय भोटिङबाट मतदान भएकाले छिट्टै निर्वाचनको परिणाम आउनेछ ।