काठमाडौँ । प्रतिपक्षीको नाराबाजीका कारण स्थगित गरिएको प्रतिनिधिसभा बैठक साढे २ बजेलाई सारिएको छ ।
यसअघि आधा घण्टाका लागि स्थगित बैठक निर्धारित समयसम्म पनि बस्न सक्ने नभएपछि विशेष कारण देखाउँदै साढे २ बजेलाई सारिएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले सदन चल्न दिएका छैनन् ।
रास्वपाले गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ । रास्वपाले मन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने बताएको छ ।










