३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गाउँमै मोतियाबिन्दुको उपचार

गाउँमै मोतियाबिन्दुको उपचार
अ+ अ-

बेनी, (म्याग्दी) । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाकी ८१ वर्षीया सुकुमा नेपालीले तीन वर्षदेखि आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि राम्रोसँग आँखा देख्न छाड्नुभएको थियो । खर्चको व्यवस्थापन र सहरमा पुगेर आँखाको शल्यक्रिया गर्ने चाँजोपाँजो मिलाउन नसकिरहेको समयमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित नि:शुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा नेपालीले घरआँगनमै सहज रूपमा उपचार गर्ने अवसर पाउनुभयो ।

“आँखाले मधुरो देख्ने भएकी थिएँ, सहरमा पुगेर उपचार गराउन पाएको थिइनँ, बुढेसकालमा फेरि आँखा खुल्छन् जस्तो लागेकै थिएन, गाउँमै आएको शिविरमा उपचार गरेपछि अहिले राम्रोसँग देख्न सक्ने भएकी छु”, नेपालीले भन्नुभयो ।

शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर उपचार सेवा लिनुभएकी रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटकी धनीमाया बुद्धिजाले घरआँगनमै शिविर राखेर गाउँपालिकाले खर्च नगरिकन उपचार गर्ने सुविधा दिएको बताउनुभयो । रघुगङ्गा गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा तीन दिनसम्म सञ्चालन भएको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया शिविरमा ९५ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

शनिबार सम्पन्न शिविरमा एक सय ६० जनाले आँखा परीक्षण सेवा लिएका छन् । वडास्तर र गाउँपालिकामा आयोजित शिविरबाट एक हजार ३९ जनाले आँखा परीक्षण सेवा लिएको गाउँपालिकाले जनाएको छ । शिविरमा उपचार सेवा लिएकाहरूले गाउँघरमै सहज र सुलभ तरिकाले आँखाको उपचार गराउन पाएकामा नाचगान गरेर खुसीयाली मनाएका छन् । वृद्धवृद्धा अवस्थामा गुम्दै गएको ज्योति शिविरमा चिकित्सकहरूको उपचारपछि फर्किएर उज्यालो देख्न पाएकामा उनीहरूले नाचगान गरेर खुसीयाली मनाएका थिए ।

ग्रामीण र दुर्गम गाउँबस्ती रहेको यस गाउँपालिकाभित्र पालिकाको समन्वयमा तिलगङ्गा आँखा प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूले वडास्तरमा गरेको आँखा जाँच शिविरमा धेरै जनामा मोतियाबिन्दुको समस्या भेटिएपछि शल्यक्रियासहितको शिविर राखेर नि:शुल्क उपचार गर्ने प्रबन्ध गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

“दुई महिनाअघि वडा नं २ भगवतीमा गरेको शिविरमा मात्र ४८ जनामा मोतियाबिन्दुको समस्या भएका बिरामी पहिचान भएका थिए, त्यसपछि सबै वडामा आँखा जाँच शिविर राख्यौँ, वडास्तरको शिविरबाट एक सय ४६ जनामा मोतियाबिन्दुको पहिचान भयो, ठूलो सङ्ख्यामा मोतियाबिन्दुका समस्या भएका बिरामी भेटिएपछि विशेषज्ञ टोलीलाई पालिकामै ल्याएर उपचार सेवा दिएका हौँ”, गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो ।

गाउँमै आँखा उपचारको विशेषज्ञ सेवासहित शिविर सञ्चालन भएपछि सर्वसाधारण नागरिकलाई ठूला सहरमा पुगेर आँखाको शल्यक्रिया गर्नुपर्ने बाध्यता र झन्झट हटेको छभने समय र सम्भावित आर्थिक खर्च पनि बचत भएको छ । बिरामीको आँखाको परीक्षण, मोतियाबिन्दुको नि:शुल्क शल्यक्रियासहित चश्मा वितरण गरिएको र नि:शुल्क एक सातापछि फलोअप सेवासमेत दिने तयारी गरिएको तिलगङ्गा आँखा प्रतिष्ठान अस्पतालका नेत्र अधिकृत मनकृष्ण डङ्गोलले जानकारी दिनुभयो ।

शिविरमा बिरामीको दृष्टिसँगै मधुमेह, उच्चरक्तचाप, रगतलगायत परीक्षण र जाँच पनि गरिएको थियो । शिविरमा तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा इन्दिरा पौडेल नेतृत्वको नेत्र अधिकृत र स्वास्थ्यकर्मी र रघुगङ्गा गाउँपालिकाका स्वास्थ्यकर्मीसमेतको टोलीले उपचार, परामर्श तथा औषधि वितरण सेवा दिनुभएको थियो । रासस