२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

समुद्र, संस्कृति र सौन्दर्यको संगम बाली -फोटो फिचर

समुद्र, संस्कृति र सौन्दर्यको संगम बाली -फोटो फिचर
अ अ+ अ-

इन्डोनेसिया (बाली): सम्पदा, संस्कृति र सत्कारको संगम हो बाली । एक विदेशी पर्यटक यसै भन्दै थिए बालीको उलुबाटु मन्दिरको बाहिर पट्टी । किनभने त्यहाँ उपस्थित बालीका नागरिकले आफ्ना देशमा आएका पर्यटकलाई कुनै नयाँ जानकारी, सूचना या केही आवश्यक छ कि भनेर बडो चनाखो हुने गरेका थिए ।

विशेषत: पर्यटकीय सहरका रुपमा पहिचान बनाएको बालीको यो पहिचान इन्डोनेसिया या एसियामा मात्र सीमित छैन । बालीको पर्यटनको सुवास संसारभरि नै फैलिएको छ । भारतीय, चिनियाँ तथा विशेष गरी हिन्दू संस्कृतिबाट अनुप्राणित बाली पुग्दा उनिहरूले अपनत्व महसुस गर्ने थुप्रै कुराहरू पाउन सक्छन् ।

यही सुवासले हामीलाई पनि तान्यो अघिल्लो महिना बैशाखको १७ गते । बालीको एक खालको चित्र त हाम्रो दिमागमा थियो नै, त्यहीँ पुगेपछि त्यसलाई शब्दचित्रमै उतार्दा झन् मजा आयो । मानिसहरु विदेशी पर्यटकका रुपमा बाहिरिँदा बाली किन रोजाइमा पर्दोरहेछ भन्ने कुराको बयान शब्दले गर्न कठिन हुन्छ, जति भौतिक उपस्थितिमा आफैँ बोल्न सक्दछ ।

विश्व प्रख्यात पर्यटकीय गन्तव्य बन्न सफल यस टापुमा सन् १९८० को दशकदेखि पर्यटकहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पाइन्छ । यहाँको करिब ८० प्रतिशत व्यापारव्यवसाय पर्यटनसँग सम्बन्धित छ । यो बाली टापु पराम्परागत तथा आधुनिक नृत्य, मूर्तिकला, चित्रकला, मनमोहक मन्दिर, छाला तथा धातुका सामग्रीहरू तथा सङ्गीतजस्ता उच्चकोटीका कला तथा कला सामग्रीहरूका लागि प्रख्यात छ ।

 

प्रत्येक वर्ष आयोजना गरिने इन्डोनेसियाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बालीमा नै आयोजना गरिन्छ । सन् २०११ को आसियान सम्मेलन, सन् २०१३ को एपेक बैठक तथा सन् २०१३ को मिस वर्ल्ड प्रतियोगिता बालीमा आयोजना गरिएका थिए । सन् २०१७ मा विश्व प्रसिद्ध ट्रिप एडभाइजरले बालीलाई विश्वको सबैभन्दा उत्तम पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको थियो ।

यो युगका मानिस विकासको पछि पछि कुदिरहेका छन् । सबैलाई विकास आवश्यक छ, ठूल्ठूलो विकास । विकास भन्नासाथै मानिसको दिमागमा आउने कुरा बाटोघाटो, ठूला ठूला घर र त्यसैले बनेको सहर । जहाज,बस र सवारी तथा सफा र चिल्ला बाटो अनि आधुनिक रेल र बडेमानका पसल कबलहरु । तर यी भन्दा अलग्गै तर अलौकिक मानक रहेछन् बालीको विकासका ।

त्यहाँ यी र यस्ता प्रकारका ठूल्ठूला विकासका प्रतिस्रर्धा छैनन् नत चमक झमक र झल्झलाकारलाई नै विकासभित्र राखिएको छ । यहाँको विकास पुरानै सम्पदाको संरक्षण हो । आफ्नो संस्कारको प्रवर्धन र मौलिकताको संरक्षण यहाँको विकासको मानक हो ।

विकास र आधुनिकतामा नाममा पुराना सम्पदा, संस्कृति र परम्पराहरुलाई मास्नुपर्दैन भन्ने ज्वलन्त उदाहरण हो बाली । अहिले आधुनिक भनिने देशहरु विकासको टाकुरा चढिसकेका र अब विकासका नाममा केही गर्न बाँकी नरहेका सन्देश प्रवाह गरिरहेका हुन्छन् ।

सायद यसैले होकि अबका मानिस त्यस्तो विकासका मोडल हेर्न चाहँदैनन्, रुचाउँदैनन् । बरु मौलिकता र सम्पदा हेर्न चाहन्छन् नागरिक । त्यसैले भोलिको पुस्तालाई देखाउन मिल्ने त्यस्ता प्रसस्तै सम्पत्तिहरु छन् बालीमा । बालीले संरक्षण गरेका यी वस्तुहरु नै भोलिका दुर्लभ विकास बन्न सक्नेछन् ।

बाली प्राकृतिक सौन्दर्य, सांस्कृतिक गहिराइ र आत्मीय सत्कारको द्वीप हो । यहाँको सत्कारको शैली र आत्मीयताले वास्तवमा यहाँ पर्यटक होइन हरेक मानिस पाहुना भएर घुमघाम गर्ने गर्दछ । गत महिना हामीले पनि यस्तै एक अविस्मरणीय यात्रा गर्ने अवसर पायौँ ।

बाली द्वीप सागरतट, प्राचीन मन्दिर, हरियालीले ढाकिएका पहाड, सांस्कृतिक समृद्धिले भरिपूर्ण कैयौँ क्षेत्रहरु यस्तै यस्तै । यी मौलिकताको संरक्षणले वास्तवमै हाम्रा मनमा गहिरो छाप छोड्न सकेको छ । बालीको हावापानी, सौहार्दतापूर्ण व्यवहार र अद्वितीय संस्कृतिले त्यहाँ बसुञ्जेल नै जोकोहीलाई पनि आकर्षित गर्ने गर्दछ ।

बाली जंगल, ज्वालामुखी पहाडहरू, समुद्रीतट र कोरल चट्टानहरूको लागि पनि प्रसिद्ध छ । दक्षिणमा कुटाको समुद्रीतट शहरमा बारहरू छन् । बालीमा सेमिन्याक, सानुर, नुसा दुआजस्ता लोकप्रिय रिसोर्टहरू छन् ।

बालीमा धार्मिक ठाउँहरू पनि थुप्रै छन् । चट्टान उलुवाटु मन्दिर यहाँको एक चर्चित मन्दिर हो । त्यस्तै गरी बालीका अन्य आकर्षक पर्यटकीय ठाउँहरू कुटा, सेमिनयाक, गरुड विष्णु, केन्काना स्मारक, तनाह लट टेम्पल, बेसाकी टेम्पल, पेमुतेरान, कुता बिच, जिम्बारान बिच, लोभिना बिच, लिम्पुयाङ्ग मन्दिर, गेट्स अफ हेभन, तेगालाङ्ग राईस टेरेस, उबुद मंकी टेम्पल, सनसेट डिनर क्रुज, कुता नाइट मार्केट, किन्तामणी टुर, उबुद मंकी फरेस्ट आदि छन् ।

त्यस्तै क्याटाम्यारान क्रुज, सनुर बिच, सेमिन्याक, नेटिभ वाइल्डलाइफ स्पोटिङ, वाटरबुम, रोप स्वीङ्ग राइड, बाली स्वीङ्ग, माउन्ट वटुर, उलुन दानु ब्रटान मन्दिर, तीर्थ इम्पूल, बेसाकी टेम्पल, गितगित वाटरफल, गोआ गाजाँ, म्यूजियम पुरी लुकीसान पनि दर्शनीय स्थल हुन् ।

यसैगरी पुरा गनुङ्ग कवी, रिफ डाइभिङ, माउन्ट अगुङ, बाली जू, नुसा पेनिदा, फिन्स बीच क्लब, केवन राया, वेस्ट बाली नेसनल पार्क, पान्दावा बीच, तामन नुसा, तामन केर्था गोसा, मंकी फरेस्ट रोड, नुसा लेम्बोगेन एवं परम्परागत झाँकीहरूले पनि पर्यटकहरूलाई लोभ्याउँछन् ।

समुद्रको छेउमा ठाडो चट्टानमाथि निर्मित तनाह लट मन्दिर साँझको सूर्यास्तमा झनै आकर्षक देखिन्छ । हिन्दू धर्मसँग गहिरो सम्बन्ध भएका बालीवासीहरूको आस्था झल्काउने यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ । त्यस्तै छ अर्को उलुवाटु मन्दिर पनि । यो मन्दिर समुद्रको छेउमा अग्लो पहाडको छेउमा अवस्थित छ र यहाँको सुन्दरता देख्दा पर्यटकहरू मन्त्रमुग्ध हुन्छन् ।

यसका साथै यहाँका पर्यटक पथप्रर्दशकहरु को व्यवहार पनि निकै आत्मियतापूर्ण भेटिन्छ । फ्लोरेन्टिनस सावु यस्तै एक पथप्रर्दशक हुन , धेरै देशका पर्यटकलाई बाली घुमाउदै आएका सावु भन्छन् , बाली खुल्ला सास्कृतिक सग्रालय हो , यहाँ पछिल्ला बर्षहरुमा पर्यटकको आबागमन उल्लेख्य संख्यामा बढेको छ ।

रुस र युक्रेनको युद्धका कारण दुबै देशका नागरिक यहाँ लामो समय देखी बसोबास गरिरहेका छन् । निकै फरासिला साबु भन्छन् यहाँको मौलिकता जोगाउन राज्यले सबै प्रयास गरेको छ , त्यसको परिणाम नै बालीमा पर्यटकको उल्लेख मात्रमा बृद्धि ।

बालीको सांस्कृतिक मुटु मानिने उबुद हराभरा धानबालीका खेत, कलाको केन्द्र र शान्त वातावरणको लागि प्रसिद्ध छ । यहाँका संग्रहालयहरू, चित्रकलाका ग्यालरीहरू र योग केन्द्रहरूले आत्मअन्वेषण र विश्रामको उत्कृष्ट अवसर प्रदान गर्छन् । त्यस्तै सेमिन्याक र कुटा समुद्र तट विशेष गरी युवापुस्ता पर्यटकहरूका लागि लोकप्रिय मानिँदा रहेछन् । युवायुवतीहरु बडो रमाउँछन् र समुद्री खानपान र रमाइलो साँझको जीवनशैलीको आनन्द लिने गर्दछन् ।

बालीको मूल आकर्षण भनेको यहाँको सांस्कृतिक धरोहर पनि हो । हिन्दू धर्ममा आधारित परम्परा, प्राचीन मन्दिरहरूको स्थापत्यशैली र वार्षिक चाडपर्वहरू सबैले विदेशी पर्यटकलाई एक अनौठो अनुभव दिन्छन् । स्थानीय कलाकारहरूले बनाएका हस्तकला, काठका मूर्तिहरू र पारम्परिक नाचगानहरूले बालीलाई एक जीवित संग्रहालय बनाइदिएकै छ । प्राचीन सम्पदा र सांस्कृतिक सौन्दर्य यहाँका प्रमुख आकर्षण हुन् ।

बालीबासीहरूको सत्कार भाव साँच्चिकै अनुकरणीय छ । जहाँ पनि मुस्कानसहित स्वागत गरेको मात्र देखिन्छ । होटेल, रेष्टुरेन्ट, वा सडक पसल सबैतिर पर्यटकहरूलाई त्यस्तै व्यवहार गरिन्छ । यसकारण पनि बाली यात्रा केवल घुमघाममा मात्र सीमित हुदैन कि नौलो अनुभव पनि बन्नेछ । यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि र मानिसहरूको आत्मीय व्यवहारले हामीलाई पनि यसैगरी पगाल्न सक्यो ।