६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसाका नाममा मानव तस्करी : पूर्वडीएसपी भन्छन्– अनुसन्धान गर्दा गृहमन्त्रीले नै सरुवा गरे



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पन्थीले भिजिट भिसाको अनुसन्धान गर्दा आफू सरुवामा परेको बताएका छन् । पूर्वडीएसपी पन्थीले तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी) ले आफ्नो सरुवा गरेको आरोप लगाएका हुन् ।

विमानस्थलबाट मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीलाई हटाएपछि त्यहाँ रहेका कागजात अनुसन्धानका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाइएको थियो ।

२०८० असोज १९ गते १ हजार ६४१ थान राहदानीसहित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको थियो। त्यतिबेला यो मुद्दाको अनुसन्धान गरेका डीएसपी पन्थीले अहिले पुन: भिजिट भिसामा सेटिङ हुने गरेको र विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले पक्राउ गरेपछि पन्थीले यो मुद्दाको अनुसन्धान गरेका कारण त्यतिबेला आफूलाई परेको अप्ठेरो सार्वजनिक गरेका छन् ।

अपराध अनुसन्धान कार्यालयको ८ नम्बर पिलरले यो मुद्दाको अनुसन्धान गरेको थियो । वैदेशिक रोजगार ठगीको मुद्दा हेर्ने यो पिलरको प्रमुख थिए पन्थी ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

भिजिट भीषा अनुसंधान गर्दा धम्की र सरुवासम्म !

जब मानव बेचबिखन अनुसंधान ब्युरोको टोलि एयर्पोर्ट बाट हट्यो त्रिभुवन बिमानस्थल सुरक्षा कार्यालयले आफ्ना गतिबिधी अगाडि बढायो र शंकास्पद कागजात मिति २०८० आश्विन १९ गते १६४१ राहदानी सहित उपत्यका अपराध अनुसंधान कार्यालयमा पठाइयो । त्यस बखत म ८ न पिलरमा DSP को रुपमा नेतृत्व गर्दै थिए । उक्त पिलरले वैदेशिक रोजगार ठगी मुद्दा को अनुसंधान तथा कारबाही गर्दथ्यो।तसर्थ एयर्पोर्ट बाट आएका कागजात ३ न पिलर मा आए।उक्त पिलरले ठगी हेर्ने हुदा स्वभाबिक भयो।एक महिनाको अनुसंधानमा राहदानी आउने अनि जस्को हो उसैलाई फिर्ता दिने कार्य भयो।त्यस बाट अपेक्षित परिणाम नआए पछि तत्कालिन SPरबिन्द्र रेग्मी सर ले SSPसोमेन्द्र सिंह राठौर सर सङ्ग सल्लाह गरेर उक्त भिजिट भिषा प्रकरण ८ न पिलर बाट मलाई हेर्न निर्देशन भए पश्चात् मेरो जिम्मेवारी तोकियो । तत्पश्चात मेरो नेतृत्वको टोलिले गहिरिएर अनुसंधान गर्दा सबै नक्कली कागजात तयार गर्ने , काम ल्याउने दलाल, कन्सल्टेन्सी , ट्राभल ब्याबसायी , म्यानपावर ,होटल र एयरलाइन्स , अध्यागम , श्रम बिभाग र प्रहरिका केही अधिकारीको मिलोमतो मा ठूलो तस्करी संचालित भएको देखिए पछि मैले अनुसंधान प्रतिवेदन पेश गरेको मा तत्कालिन कार्यालय प्रमुख SSP सोमेन्द्र सिंह राठौर ले कसैलाई नछाडी जरैमा पुग्न जुन साहसिक निर्देशन दिनुभएको थियो तत्पश्चात २० जना दलाल, २० वटा ट्राभल ,८ कस्न्सल्टेन्सी , नेता र कर्मचारी गरि ३७ जना नियन्त्रणमा लिएर मानव तस्करी , किर्ते र सङठित अपराध मुद्दा चलाइएको थियो।उक्त मुद्दा लाई सङठित मा लैजान हामिले सरकारी वकिल सङ्ग नोक झोक नै गर्नु परेको थियो र मैले अनुसंधान गर्दा मलाई अख्तियारमा १६ पाने भोर्याउने धम्की पनि नदिइएको हैन । कुनै कुरालाई प्रभाह नगरी पत्रकार सम्मेलन बाट आफ्नो तालुक कार्यालय गृह मन्त्रालयका अधिकारिको सङ्लग्नता मानव तस्करी भएको र दैनिक डेढ करोड देखि २ करोड कर्मचारीले लिने गरेको निर्भीकताका साथ तथ्यमा आधारित भएर बोलेको थिए । जुन कुरा ब्याबसायिक र निडर हिम्मतिलो कार्यालय प्रमुख सोमेन्द्र सर को कारणबाट सम्भब भएको थियो।पछि अनुसंधान भएर कतिपय पुर्पक्षका लागि थुनामा समेत गए र कतिपय धरौटीमा छुटे।उक्त file अनुसंधानको लागि अख्तियार दुरुपयोग अनुसंधान आयोगमा समेत पठाइएको थियो। दुई बर्ष न भयो बल्ल।आशा गरौ अनुसंधान हुँदै होला । धेरै दलाल र ठुला तस्करीमा सङ्लग्न दुबइ र भारत गएर बस्नु पर्यो।त्यस्तो स्थिती सिर्जना गरिदिए पछि मेरो सरुवा गराउन ठूलो थैली को जोहो गरेर बुझाएको हल्ला चल्यो । नभन्दै मेरो सरुवा भयो । सरुवा कसरी भयो र किन कार्यालय प्रमुख्ले भन्दा पनि रोकिएन भनी गोप्य तरिकाले बुझ्दा २,३ दिन अगाडि हटेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिपाएको र तत्कालीन IGP वसन्त कुवर को जोडबल मै भएको बुझिएपछि SSP सोमेन्द्र सरले रोक्न हालका IGP तत्कालीन मेट्रो प्रमुख दिपक थापा सरलाई भन्दा समेत माथिको आदेश भनियो जस्का कारण सरुवा रोकिएन । पछि तत्काल गृहमन्त्री फेर बदल पश्चात् मैले गृहमन्त्री रबि लामेछाने लाई एउटा पत्र लेखे जस्को कारण मेरो सरुवा कानुन त रोकिएन किनकी बदर गर्दा रकम फिर्ता गर्नु पथ्र्यो । तसर्थ मौखिक रुपमा रवाना नगरी त्यही काम गर्न भनियो । मैले लेखेकोनपत्र पछि सार्बजनिक गर्नेछु।

तसर्थ साच्चिकै अनुसंधान गरेर तस्करी नियन्त्रण गर्ने र शुशाशन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्दछ।त्यसो गरियो भने एकाद बाहेक कुनै गृहमन्त्री , श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालय टिम समेत कानुनी कठघरामा उभिने छ।अहिले सहसचिब तिर्थ भट्रराइ लगायत अख्तियारको अनुसंधान को दायरामा रहेकोले हिम्मत गर्नु पर्दछ।अख्तियार प्रमुख ज्यु ले इतिहासमा नाम लेखाएर जनताको मनमा बस्ने अबसर आएको छ।यो विषय सुक्ष्म र निस्पक्ष अनुसंधान हुने हो भने ठूलो उथल पुथल हुने निश्चित छ।अबसर लाई सदुपयोग होस । शुभकामना ।।।