१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

प्रभावकारी बनेन अनलाइन शिक्षा

प्रभावकारी बनेन अनलाइन शिक्षा
अ अ+ अ-

काठमाडौँ  । कोरोना भाइरसको सङ्कटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षाजस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । सामुदायिकलगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि राजधानीबाहिर विद्यार्थीको उपस्थित राम्रो छैन ।

खासगरी सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी अझै सम्पर्कमा आउनै सकेका छैनन् भने सरकारी विद्यालयका शिक्षकले अध्यापनमा जाँगर देखाउन सकेका छैनन् । निजी विद्यालयका शिक्षकले चैत यता तलब नपाए पनि अध्यापन भने गरिरहेका छन् ।

उपस्थिति औसत २५ प्रतिशत
ललितपुरस्थित प्रगति माध्यमिक विद्यालयमा दुई सातादेखि मात्रै कक्षा ९ देखि माथिल्लो कक्षामा अनलाइनबाट पढाउन थालिएको छ । त्यसमा २५ प्रतिशत जति विद्यार्थीको उपस्थिति हुने गरेको विद्यालयका प्रधानाध्यापक सूर्य घिमिरेले जानकारी दिनुभयो । धेरै विद्यार्थीसित इन्टरनेट सुविधा छैन, कतिपयसित मोबाइल, ल्यापटप छैन, कति विद्यार्थीको घरमा एकभन्दा बढी विद्यार्थी हुुँदा अनलाइन कक्षाको समय जुध्ने गरेका कारण अनलाइन कक्षामा विद्यार्थीको सहभागितामा वृद्धि हुन नसकेको जनाइएको छ । त्यसभन्दा मुनिको कक्षामा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको र ती विद्यार्थीले रेडियो तथा टेलिभिजनबाट सिकाइलाई निरन्तरता दिएको उहाँको भनाइ छ । बल्ल कक्षा ८ बाट तल्लो तहका विद्यार्थीलाई पनि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ ।

कतिपय निजी विद्यालयको भने शैक्षिक सत्र आरम्भदेखि नै नियमित अनलाइन कक्षा सञ्चालन भइरहेको छ तर देशभर भने यो अवस्था छैन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीका पुरी भन्नुुहुुन्छ, ‘‘उपत्यकाका निजी विद्यालयको अनलाइन शिक्षा सन्तोषप्रद छ तर देशभरमा हेर्ने हो भने अवस्था राम्रो छैन । उपत्यकाबाहिर २५ प्रतिशतकै हाराहारीमा मात्र उपस्थित छ ।’’

राजधानीकै संस्कृत माध्यमिक विद्यालयले पनि भर्खरै मात्र कक्षा १० का विद्यार्थीको अनलाइन कक्षा सुरु गरेको छ । अब साउनबाट कक्षा ८ र ९ का विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरिएको प्रधानाध्यापक शिव अधिकारीले बताउनुभयो । विद्यार्थीसित सम्पर्क स्थापित गर्ने, शिक्षक तथा विद्यार्थीलाई अनलाइनमा अभ्यस्त गराएर कक्षा सुरु गर्दा केही हप्ता ढिला हुने भएको उहाँ बताउनुहुन्छ । कक्षा १० का विद्यार्थी पनि २५ प्रतिशत जतिले मात्र अनलाइन कक्षामा सहभागिता जनाउने गरेको जनाइएको छ ।

सम्पर्कमै छैनन् विद्यार्थी
यसबीचमा विद्यालयले विद्यार्थीको खोजी गरे पनि सम्पर्क स्थापित हुन नसकेको जनाइएका छन् । विद्यालयका ४० प्रतिशत विद्यार्थीसित आफूहरूको सम्पर्क विच्छेद भएको जानकारी दिँदै प्रअ घिमिरेले बाँकी विद्यार्थीलाई पुस्तक वितरण गरिएको र विद्यार्थीको विवरणसमेत अद्यावधिक गरिएको जानकारी दिनुभयो । संस्कृत मावि रानीपोखरीमा पनि २५ प्रतिशत जति विद्यार्थी अझै सम्पर्कमा आउन नसकेको जनाइएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका महासचिव गुणराज मोक्तान अनलाइन कक्षा सहरभित्रका विद्यालयले मात्रै सञ्चालन गरेको र त्यो पनि धेरै प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो । उहाँको अनुमानमा विद्यालयमा अध्ययन गर्ने ८० लाख विद्यार्थीमध्ये मुस्किलले १० लाख विद्यार्थी पनि अनलाइन कक्षामा जोडिन सकेका छैनन् । सरकारले वैकल्पिक माध्यमबाट गरिएको पठनपाठनको नीतिगत स्पष्टता नगरेका कारण प्रभावकारितामा वृद्धि हुन नसकेको उहाँको भनाइ छ । निजी क्षेत्रमा २२ लाख विद्यार्थी छन् ।

सरकारले वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिएको अनलाइन कक्षाको पनि प्रभावकारिता विषयमा अध्ययन तथा अनुगमन हुन नसकेको जनाएको छ तर ३५ प्रतिशतको हाराहारीमा विद्यार्थीले सहभागिता जनाएको सरकारको दाबी छ । यस क्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७५३ वटै स्थानीय तहमा विभिन्न आधारमा वर्गीकरण गरी तीन या चार लाख सहयोग प्रदान गरिएको निर्देशक गेहनाथ गौतमले जानकारी दिनुभयो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।