२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

आईपीएलः प्लेअफ खेल्ने चारै टोलिको टुंगो लाग्यो

आईपीएलः प्लेअफ खेल्ने चारै टोलिको टुंगो लाग्यो
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल २०२५) अन्तर्गत प्लेअफ खेल्ने चार टोलिको टुंगो लागेको छ ।

समूह चरणका ६३ खेल सकिएपछि मात्र ४ प्लेअफ टोलीहरू पक्का भएका हुन् ।

हिजो (बुधबार)मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराउँदै प्लेअफमा आफ्नो स्थान पक्का गर्यो । यो हारसँगै दिल्ली छैटौं र अन्तिम टोली बनेको छ जो समूह चरणबाटै बाहिरियो ।

हालसम्मको अंकतालिका अनुसार गुजरात टाइटन्स १२ खेलबाट १८ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । यस्तै, समान खेलबाट १७–१७ अंकका साथ रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किंग्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यस्तै, मुम्बई इन्डियन्स १३ खेलबाट १६ अंकका साथ चौंथो स्थानमा रहेको छ ।

ओरेन्ज क्याप लिडर
गुजरातका साई सुदर्शन प्रतियोगिताको सर्वाधिक स्कोरर छन् । उनले १२ खेलमा ६१७ रन बनाएका छन् । यस्तै, गुजरातकै शुभमन गिल ६०१ रनका साथ दोस्रो स्थानमा छन् । बुधबार, मुम्बईका सूर्यकुमार यादव ७३ रन बनाएर तेस्रो स्थानमा पुगे । उनको नाममा ५८३ रन छन् ।

पर्पल क्याप लिडर
गुजरातका तीव्र गतिका बलर प्रसिद्ध कृष्ण जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा छन् । उनले १२ खेलमा २१ विकेट लिएका छन् । चेन्नईका स्पिनर नूर अहमदले पनि २१ विकेट लिएका छन् । मुम्बईका ट्रेन्ट बोल्ट १९ विकेटसहित तेस्रो स्थानमा छन् ।