२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’
अ अ+ अ-

काठमाडौं । नेपाली फिल्ममा ‘लभर ब्वाई’ को भूमिकामा रुचाइएका अभिनेतामध्ये एक हुनुहुन्छ, आर्यन सिग्देल । चलचित्र ‘किस्मत’ मार्फत अभिनयको सुरुआत गर्नुभएका उहाँले प्रेम कथानक चलचित्रमा धेरैजसो भूमिका खेल्नुभएको छ । दर्शकले अभिनेता सिग्देलको यस्तै अभिनय रुचाएपछि होला, निर्माता र निर्देशकले पनि एकै प्रकारको भूमिका प्रस्ताव गरेको ।

यद्यपि अभिनेता सिग्देल आफूलाई एकै भूमिकामा सीमित गर्न चाहनुहुन्न । त्यसैले नै उहाँले ‘होमवर्क’ मा दोहोरो भूमिका निर्वाह गर्नुभयो । जसमा बुबाको भूमिकामा प्रस्तुत हुँदा धेरै दर्शकले उहाँलाई चिनेनन् । त्यसपछि ‘नाइके’ मा द्वन्द्व प्रधान भूमिका गर्नुभयो । आफ्नो ‘लभर ब्वाई’ को छवि मेट्न उहाँ दुवै चलचित्रबाट असफल हुनुभयो ।

“मैले आफूलाई बदल्ने कोसिस नगरेको होइन, विविध कारणले त्यो सम्भव भएन । मैले गरेका प्रयास असफल हुँदा मैले नियमित रूपमा गरिरहेकै भूमिका सही हो किजस्तो पनि लाग्यो, तर बिस्तारै चलचित्र निर्माण शैलीमा आएको परिवर्तनका कारण मैले अभिनय गरेका चलचित्रहरू दर्शकका रोजाइमा कम पर्न थाले । फलत: मेरो उपस्थिति कम भयो”, अभिनेता सिग्देलले भन्नुभयो ।

उहाँलाई बदल्न वा नयाँ किसिमले प्रस्तुत गर्न निर्माताले पनि आँट गरेनन् । ‘गुड लुकिङ’ सँगै अभिनय गर्न सक्ने अभिनेता सिग्देल बिस्तारै चलचित्रबाट टाढिएको जस्तो भयो, तर गत वर्ष प्रदर्शन भएको चलचित्र ‘पुजार सार्की’ पश्चात् उहाँको छवि फेरियो । ‘लभर ब्वाई’ का रूपमा परिचित अभिनेता सिग्देल अहिले अन्य पात्रमा पनि प्रस्तुत भइरहनुभएको छ । “मैले आफूलाई परिवर्तन गर्न मलाई फरक रूपमा दर्शकसामु ल्याउनुभयो । अहिले म पात्रमा रमाउन थालेको छु”, अभिनेता सिग्देलले भन्नुभयो ।

उहाँलाई मात्र नभई ‘प्रेम गीत’ चलचित्रमार्फत ‘प्रेम’ उपनामले समेत चिनिनुभएका अभिनेता प्रदीप खड्कालाई समेत निर्देशक राउतले ‘स्टारडम’ को छाया बाहिर ल्याएर अभिनय गराउनुभयो अर्थात् सुकिलामुकिला कपडा, आकर्षक शरीर र काल्पनिक दृश्यमा प्रस्तुत हुने अभिनेता खड्कालाई जुम्लाको ग्रामीण परिवारको युवकका रूपमा निर्देशक राउतले ‘प्रकाश’ मा प्रस्तुत गर्नुभयो । त्यसपछि अभिनेता सिग्देल र खड्कालाई निर्देशक राउतले ‘पुजार सार्की’ मा एकसाथ अभिनय गराउनुभयो ।

‘लभर ब्वाई’ को छवि बनाउनुभएका दुई अभिनेता ग्रामीण भेगका युवा झैँ देखिनुभयो । अन्य निर्देशकले कल्पना पनि नगर्नुभएको भूमिका निर्देशक राउतले सोच्नुको कारण सामीप्यता भएको बताउनुभयो । “मैले उहाँ दुईलाई भेट्दा चललचित्रमा गरिरहेको भूमिका र चलचित्रप्रतिको चेतनामा फरक पाएँ किनकि उहाँहरू पनि आफूले गर्ने भूमिकामा मात्र सीमित हुने सोचमा हुनुहुन्थेन । मैले उहाँ दुईमा देखेको सोचले नै छवि बदल्ने भूमिका सुनाए । उहाँहरूले विश्वास गरेकै कारण चलचित्र सफल हुनाका साथै दर्शकले पनि रुचाउनुभयो”, निर्देशक राउतले भन्नुभयो ।

उहाँले अभिनेतालाई एकै किसिमको भूमिकामा सीमित गर्न नहुने विचार राख्नुभयो । सोही कारण आफ्ना प्राय: चलचित्रमा निर्देशक राउतले फरक भूमिकामार्फत नयाँ छवि निर्माण गर्नुहुन्छ । “कलाकारलाई दर्शकले हेर्ने नजरिया कुनै न कुनै चलचित्रमार्फत नै निर्माण भएको हो, त्यसैले हामीले नयाँ प्रयोग गर्न डराउनु हुँदैन । सधैँ बजारमा चलेको ‘ट्रेन्ड’ लाई पछ्याउनु हुँदैन, हामीले नयाँ कुरा बजारलाई दिनुपर्छ”, उहाँले भन्नुभयो ।

राउतले निर्देशन गर्नुभएको चलचित्र ‘महाभोज’ आगामी १५ जेठमा प्रदर्शन हुँदैछ । उक्त चलचित्रमा अभिनेता सिग्देलसँगै दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, पुस्कर गुरुङ, मलिका महतलगायतका कलाकारले अभिनय गर्नुभएको छ । रासस