१८ असार २०८३, बिहीबार
,
Latest
नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौशालामा ८ वटा सवारी साधन एक आपसमा ठोक्किए



अ+ अ-

काठमाडौँ । काठमाडौँको गौशालामा यात्रुबाहक बससहित ८ वटा सवारी ठोक्किएका छन् । एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस बिहान ११ बजे दुर्घटनामा परेको हो ।

बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकमा गुडिरहेका ८ वटा सवारी ठोक्किन पुगे । बस, हायस, कार, मोटरसाइकल, स्कुटर आपसमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ । बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने बर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन् ।

घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको छ ।