२ पुष २०८२, बुधबार
,
Latest
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाद्वारा नेपाली सेनालाई खेल सामग्री सहयोग



अ+ अ-

काठमाडाैंः अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाद्बारा नेपाली सेनाकाे जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई थप स्तरयुक्त बनाउनको लागि एन्फाको तर्फबाट सहयोग स्वरुप आवश्यक सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नु भएको छ ।   

सेनाका अनुसार विभिन्न समयमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको फुटवल प्रतियोगिताका क्रममा अभ्यासको लागि सुविधा सम्पन्न खेल मैदानको आवश्यकतालाई मध्येनजर गरि जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउनको लागि एन्फाद्बारा आवश्यक सामग्रीहरु प्रदान गरिएको हो ।  

उक्त खेल मैदानमा रहेको भि.भि.आई.पि. प्यारापिटमुनि रहेको २ (दुई) वटा खेलाडी परिवर्तन कक्षमा खेलाडीहरुलाई आवश्यक पर्ने व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर गोटा-२३/२३, फिजियोथेरापी वेड गोटा-१/१, रेफ्रिजिरेटर गोटा-२, ऐना गोटा-१/१ र रेफरी परिवर्तन कक्षकाे लागि व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर गोटा-४, सोफा गोटा-४, टेवल गोटा-२ लगायत तीनवटै कोठाहरुमा कार्पेट, झ्यालहरुमा ट्रान्सलुसेन्ट स्टिकरहरु तथा रंग रोगन गर्ने कार्य सम्पन्न गरी नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

उक्त खेल मैदानको स्तरोन्नतिले राष्ट्रिय खेलकुदको सम्वर्द्धन र प्रवर्द्धनमा समेत थप टेवा पुर्‍याउने विश्वास नेपाली सेनाले जनाएकाे छ ।