११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसरी बुझु ?



अ+ अ-

मैले तिमीलाई चिनेको छु ।

धेरै पटक गोष्ठी मा भेटे
राजनैतिक सभा मा भेटे
गफ गरे , ठट्टा गरे
तर मैले तिमि लाई बुझेको छैन । 

तिम्रो नियत मलाई थाहा छ
मेरो नियत तिमि लाई थाहा छ ।
तर
थाहा भएर पनि थाहा छैन
किनभने हामीले एक अर्का लाई बुझेकै छैन

तिमीलाई मैले कसरि बुझु
म आफैले आफैलाई बुझेको छैन
ऐना अगाडी यो शारीर को प्रतिबिम्ब
त्यसलाई एउटा नाम ले चिनेको छु ।

त्यो प्रतिबिम्ब भित्र को संसार
त्यो प्रतिबिम्ब भित्र को ब्रम्हाण्ड
मैले बुझेको छैन ।
बुझ्ने कोसिस गरेको पनि छैन ।
त्यहाँ भित्र पस्ने ढोका हरु
मैले सबै बन्द गरि सके
ढोका खोल्न डर लाग्छ
त्योसाहस म मा छैन ।
ढोका भित्र को यथार्थता
हेर्ने सन्तुलन मा सग छैन
भो ! म बन्दै भएर बस्छु ।

म आफु लाई बुझन नसक्नेले
तिमि लाई कसरि बुझु ?

लेखक : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी हुन ।