१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको दुई गोलमा बराबरीमा युभेन्ट्स



अ+ अ-

मिलान । इटालीको सिरी एमा युभेन्ट्सले शनिबार एटलान्टासँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ । युभेन्ट्सका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट गरे ।

युभेन्ट्स दुईपल्ट पछाडि रहेर पनि खेलमा फर्केको हो । युभेन्ट्स ७६ अंकमा शीर्ष स्थानमा छ भने तेस्रो स्थानमा रहेको एटलान्टाको ६७ अंक भएको छ । यो दोस्रो स्थानको लाजियोसँग एक अंकको मात्र दूरी हो ।

लाजियो अर्को खेलमा ससुलोसँग २–१ ले पराजित रह्यो । अर्को रोमन क्लब रोमाले भने ब्रेसियालाई सजिलै ३–० ले पराजित गर्न सफल रह्यो । रोमा ५४ अंकमा पाँचौं स्थानमा छ ।