१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको दोस्रो स्थान निश्चित



अ+ अ-

लन्डन । रहिम स्टर्लिङले सिजनको आफ्नो तेस्रो ह्याट्रिक गरेपछि म्यानचेस्टर सिटीले शनिबार ब्राइटनलाई ५–० ले हराउँदै इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थान निश्चित गरेको छ ।

सबैखाले प्रतियोगितामा सिटीका लागि स्टर्लिङले गरेको गोल संख्या २७ पुगेको छ । ब्राइटनविरुद्ध ग्याब्रिएल जेसस र बर्नार्डो सिल्भाले पनि गोल गरे । शनिबारको अर्को खेलमा तेस्रो स्थानमा रहेको चेल्सी भने सेफिल्ड युनाइटेडसँग ३–० ले पराजित भयो ।

त्यसमा डेविड म्याकगोल्डरिकले दुई गोल गरे । यससँगै सेफिल्ड शीर्ष ६ स्थानमा उक्लिन पनि सफल रह्यो । यस्तै लिभरपुल र बर्नलीले १–१ को बराबरी खेले । यो नतिजापछि लिभरपुलले एनफिल्डमा शतप्रतिशत जितको क्रमसमेत भ‌ंग हुन पुगेको छ ।