२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’



file
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनतामा रहेको नैराश्यता चिर्न दुई ठूला पार्टी मिल्नुपरेको बताउनुभएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले २०८४ सालको निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन नटुट्ने बताउनुभयो ।

महासचिव पोखरेलले समाजमा विखण्डनको प्रयास भइरहेको बताउँदै एमाले त्यसका विरुद्ध स्पष्टताका साथ उभिनुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेमाथि प्रहार भयो भनेर खुट्टा कमाउने नभई आँट र हिम्मतका साथ खुट्टा टेक्नुपर्ने बताउनुभयो । “एमाले माथि जुन प्रकारको घेराबन्दी र प्रहार भइरहेको छ ।

त्यो प्रहार र घेराबन्दीलाई सामाना गर्ने क्षमता एमालेमा छ”, उहाँले भन्नुभयो, “एमालेका सामु ठूला ठूला सङ्कट आउँदा एमालेले ती सबै सङ्कटको सामना गर्दै आएको छ । सबै खालका सङ्कट सामना गर्दै एमाले बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै आएको छ ।”

एमालेका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वयका संयोजक भानुभक्त ढकालले पार्टीमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभयो ।  समाजका अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले दलित समुदायको सशक्तिकरणमा राज्य गम्भीर बन्नुपर्नेम जोड दिनुभयो । यही जेठ ७ गतेसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।  रासस