२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

फोटो पत्रकारको बन्दीपुर फोटो यात्रा (फोटो फिचर)

फोटो पत्रकारको बन्दीपुर फोटो यात्रा (फोटो फिचर)
अ अ+ अ-

तनहुँ: राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले तनहुँ जिल्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरमा फोटो यात्रा अभियान सम्पन्न गरेको छ ।

शनिबार आयोजना गरिएको ‘बन्दीपुरको पर्यटन प्रबर्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम मार्फत अभियानको सुरुवात गरिएको हो ।

तस्बिर र भिडियोको माध्यमबाट बन्दीपुरको प्रचार प्रसारमा सक्रिय भूमिका खेल्ने उद्देश्यका साथ बन्दीपुर भ्रमण वर्ष २०२५ को सहयोगका लागि उक्त अभियान थालनी गरिएको हो । एनएफपिजे नेपाल कास्की र तनहुँ शाखाको संयुक्त आयोजनामा काठमाडौंबाट आठ जना, तनहुँबाट १० जना र पोखराबाट १० जना गरि २८ जना फोटो पत्रकारहरुको टोली उक्त कार्यक्रममा सहभागी भएको थियो ।

फोटो पत्रकारहरुलाई बन्दीपुर होमस्टेका आमा समूहले न्यानो स्वागत गरेका थिए ।

त्यस अवसरमा सहभागी फोटो पत्रकारहरुले बन्दीपुरको प्राकृतिक सौन्दर्यका साथै बन्दीपुरमा रहेका विभिन्न धार्मिक एवं सांस्कृतिक स्थलहरु खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, भियतनामी शैलीको गुम्बा, मणिमुकुन्देश्वरी पदमार्ग, सिद्धगुफा, टुँडीखेल, बन्दीपुर केबलकार लगायतका विभिन्न स्थानको अवलोकन तथा फोटो कैद गरेका थिए ।

उक्त भ्रमणको अवसरमा आयोजित कार्यक्रममा बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैंशबहादुर गुरुङले फोटो पत्रकार समूहको अभियानले भ्रमण वर्षको सफलतामा थप ऊर्जा थप्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सञ्चार माध्यममा फोटो तथा भिडियोको प्रकाशन र प्रसारणले स्वदेश तथा विदेशका पर्यटकलाई आकर्षित गर्ने भन्दै यस अभियानले पर्यटन प्रबर्धनमा महत्वपूर्ण योगदान पु–याउने विश्वास व्यक्त गर्नुभयो ।

 

शब्द, तस्बिर: प्रदीपराज वन्त