६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हरित जलवायु कोष जस्ता अन्तर्राष्ट्रिय जलवायु वित्तीय संयन्त्रहरूमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । निजी क्षेत्र जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रूपमा भोगिरहेको भन्दै उहाँले त्यसको समाधानमा सक्रिय भूमिकाको लागि तयार रहेको उल्लेख गर्नुभयो ।

काठमाडौंमा जारी सगरमाथा संवादमा निजी क्षेत्रको तर्फबाट आफ्ना धारणा राख्दै अध्यक्ष ढकालले नेपालका व्यवसायिक क्षेत्रहरू पहिल्यैदेखि जलवायु परिवर्तनको प्रत्यक्ष असर झेलिरहेको बताउनुभयो ।

अध्यक्ष ढकालले जलवायु समाधानमा निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउन जलवायु वित्तीय संयन्त्रहरूमा प्रत्यक्ष पहुँच आवश्यक भएको स्पष्ट पार्नुभयो । “यदि नेपालले जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी रूपमा अनुकूलन र प्रतिक्रिया दिनु प¥यो भने, अन्तर्राष्ट्रिय जलवायु वित्तीय स्रोतहरूमा निजी क्षेत्रको पहुँच सरल र सहज हुनुपर्छ,” उहाँले जोड दिनुभयो ।

आपूर्ती श्रृंखलामा अवरोध, कृषि तथा पर्यटनमा संकट यी सबै जलवायु परिवर्तनका कारण भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यी समस्या समाधानको लागि विश्व समुदायको तत्काल ध्यान जान जरुरी रहेको बताउनु भयो ।

नेपालका होटलहरू सौर्य ऊर्जामा रूपान्तरण भइरहेको, किसानहरूले जलवायु–मैत्री विधिहरू अपनाइरहेको र जलविद्युत् कम्पनीहरूले स्वच्छ ऊर्जामा लगानी बढाइरहेका उल्लेख गर्दै अध्यक्ष निजी क्षेत्रले गरेका प्रयासलाई विस्तारमा थप सहयोग आवश्यक रहेको बताउनु भयो ।

तेस्रो ध्रुव (थर्डपोल) का रुपमा परिचित हिमालय क्षेत्र विश्वका अन्य क्षेत्रभन्दा तीव्र रूपमा तातिरहेको; यसले बाढीपहिरो र नदी प्रणालीमा परिवर्तन ल्याइरहेको; यसको असर पानी आपूर्ति, कृषि, र लाखौं मानिसको जीविकोपार्जनमा देखिएको भन्दै अध्यक्ष ढकालले विश्वसमुदायको धयानाकृष्ट गराउनु भयो ।

विदेशी लगानी र प्रविधि हस्तान्तरणले नेपालको जलवायु सहनशीलता बलियो बनाउन ठूलो भूमिका खेल्ने भन्दै उहाँले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन ३० भन्दा बढी कानुनमा सुधार गरेको, दुईपक्षीय लगानी सम्झौताको रूपरेखा तयार गरेको, र हाल विदेशी मुद्रा सञ्चिति १७.६३ अर्ब अमेरिकी डलर पुगेको जानकारी दिँदै अन्तर्राष्ट्रिय साझेदार र लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

हिमालहरू जोगाउन, जनताको भविष्य सुरक्षित गर्न, र समावेशी, सुरक्षित तथा दिगो भविष्य निर्माण गर्न ढिला गर्न नहुने भन्दै अध्यक्ष ढकालले त्यो सहकार्यका लागि विश्व समुदायलाई आग्रह गर्नु भयो । उहाँले त्यो साझेदारी र र सहकार्यका लागि निजी क्षेत्र सधैं तयार रहेको समेत बताउनु भयो ।