९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महाभोज’को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र, आइतबार ट्रेलर आउने



अ+ अ-

काठमाडौं। ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही जेठ १५ गते रिलिजको तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

ट्रेलर रिलिजको पूर्व सन्ध्यामा रिलिज गरिएको पोस्टरमा ‘महाभोज’का प्रमुख तीन जना पात्रहरू दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने छन् ।

ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेको पोस्टरले नेपाली समाजमा विद्यमान सामाजिक सङ्घर्षको चित्रण गर्छ । दयाहाङले दौरा-सुरुवाल, ढाका टोपी, र माला लगाएका छन् । उनको अनुहारमा गम्भीरता र जिम्मेवारीको भाव झल्किन्छ । पोस्टरमा खगेन्द्र केही असन्तुष्ट वा चिन्तित देखिन्छन् । यस्तै, आर्यन अनिश्चय, डर वा असहजताको भावमा देखिन्छन् । यी तीनै पात्रको अनुहारको भावनाले फिल्ममा हुने द्वन्द्व, द्वैधता र सङ्घर्षको सङ्केत दिन्छ ।

यो चलचित्रका निर्देशक दिनेश राउत हुन्, जसको निर्देशन शैली सशक्त सामाजिक सन्देश र कथा प्रस्तुतीकरणमा आधारित हुन्छ । उनको यो आठौँ चलचित्र हो । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको कथा तथा पटकथा सुवेदीले लेखेका छन् ।

यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहजस्ता कलाकारको अभिनय हेर्न पाइनेछ ।

‘महाभोज’ नेपाली समाजको यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास हो, जसले सहकारी पीडितहरूको आवाजलाई पर्दामा उजागर गर्दैछ ।