२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन बोर्डको सञ्चालकमा भट्ट र थपलिया नियुक्त



अ+ अ-

काठमाडौँ। नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्यमा नरेन्द्रदेव भट्ट र कुमारमणि थपलिया नियुक्त हुनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आज भट्ट र थपलियालाई सञ्चालक समिति सदस्यमा नियुक्त गर्नुभएको हो । उहाँहरुलाई निजी क्षेत्रको तर्फबाट तीन वर्षका लागि नियुक्त गरिएको हो ।

नवनियुक्त सदस्य भट्ट हिमालयन उद्धार सङ्घ (एचआरए) का पूर्वअध्यक्ष हुनुहुन्छ भने थपलिया नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) का वर्तमान अध्यक्ष हुनुहुन्छ ।

बोर्डको कार्यसमिति ११ सदस्यीय हुने व्यवस्था छ । बोर्डमा सरकारी क्षेत्रबाट पाँच जना र पाँच जना निजी क्षेत्रबाट नियुक्त हुने व्यवस्था छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ) को व्यवस्था गरिएको छ ।

बोर्डमा अर्थ मन्त्रालयका सहसचिव, अध्यागमन विभागका महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पदेन सदस्य हुने व्यवस्था रहेको छ । रासस




भर्खरै