३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग आज संयुक्त अधिराज्यको संसदीय मामिलासम्बन्धी उपमन्त्री ब्यारोनेस हमेनले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादमा सहभागिताका लागि नेपाल आउनुभएकी उपमन्त्री हमेनबीच आज सो साइडलाइन भेटवार्ता भएको हो ।

उहाँहरुबीच नेपाल र बेलायतबीचको लामो र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धका बारेमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री डा राणाले बेलायतले नेपालको आर्थिक सामाजिक क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यस क्रममा जलवायु परिवर्तनको असर कम गर्न आगामी दिनमा गर्न सकिने संयुक्त सहकार्यका बारेमा कुराकानी भएको थियो । मन्त्री डा राणाले त्यस अवसरमा नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु न्यायको माग गर्दै आएको स्मरण गराउँदै त्यसमा नेपालले बेलायतको सहयोग र सहकार्यको अपेक्षा गरेको पनि बताउनुभयो ।

त्यसैगरी मन्त्री डा राणासँग आजै संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्री अब्दुल्लाह बलालाले शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल युएइ सम्बन्ध र आपसी हितका साथै जलवायु परिवर्तनको न्यूनिकरणका क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।

साथै आजै मन्त्री डा राणासँग अजरबैजानका राष्ट्रपतिका जलवायु सम्बन्धी विशेष प्रतिनिधि एवं कोप २९ का अध्यक्ष मुख्तर बाबायबले पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरुका बीचमा नेपाल र अजरबैजानको अपसी सम्बन्धका साथै दुई देशले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी गर्नुभएको थियो ।