२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाफा हाम्रो उद्देश्य होइन, नाफाको पछाडि लागेर लोडसेडिङ गर्नुहुन्नः कार्यकारी निर्देशक शाक्य



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूहरूको उद्देश्य नाफा कमाउने नभएको बताउनुभएको छ ।

शुक्रवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू सरकारी अङ्क भएको बताउँदै नाफा प्राधिकरणको उद्देश्य नभएको बताउनु भयो ।

उहाँले नाफाको पछाडि लागेर लोडसेडिङ गर्नु हुँदैन भन्ने आफूहरूको मान्यता रहेको बताउनु भयो । उहाँले पाएको खण्डमा नाफा लिने र नाफाकै लागि भन्दै विद्युत काट्ने काम नगर्ने बताउनु भयो । उहाँले लोडसेडिङ गर्नहुँदैन भन्ने उद्देश्यका साथ उद्योगमा पनि लोडसेडिङ घटाएको दाबी गर्नुभयो । उहाँले भारतबाट ल्याएर वा महँगोमा बिजुली किनेर भएपनि उद्योगधन्दामा भएको लोडसेडिङलाई घटाउने बताउनु भयो । कार्यकारी निर्देशक शाक्यले भारतबाट बिजुली खरिद गर्न निर्देशन दिएको जानकारी गराउँदै घाटा लाग्छ भन्दैमा विद्युत् कटौती नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “लोडसेडिङ कहाँ शुरु भयो र रु उद्योग धन्दामा जुन लोडसेडिङ थियो, अब हामी भारतबाट ल्याएर पनि र महँगोमा बिजुली किनेर पनि । १० रुपैयाँ भारुमा जति पाइन्छ त्यही किन्ने भनेर निर्देशन दिएको छु । कहीँ घाटा लाग्छ भनेर रोक्न पाउँदैनौँ । सरकारी अङ्क हौँ, नाफा हाम्रो उद्देश्य होइन । पाए खाने, नाफाको पछाडि लागेर लोडसेडिङ गर्नु हुँदैन । पाए नाफा लिने, पाएन भने नाफा भनेर लोडसेडिङ गर्नै हुँदैन भन्ने उद्देश्यले उद्योगमा पनि लोडसेडिङ घटाएका छौँ ।”

उहाँले गत वर्षको यहीँ समयमा बेलाबेलामा विद्युत् कटौती भइरहे पनि त्यति बेला कोही कसैले आपत्ति नजनाएको जिकिर गर्नुभयो ।