काठमाडौँ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गतका ४ समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ।
नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम पुराना संयोजक हटाई उपनियम (१) अनुसार नयाँ संयोजक तोकिएका हुन्।
हेरफेर गरिएका समितिहरु सूचना प्रविधि, सुशासन, सम्पदा तथा पर्यटन, र विधायन समिति हुन्। यी समितिमा क्रमशः वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन संयोजक हुनुहुन्थ्यो ।










