२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

आगलागी भएका स्थानको उपप्रमुख डंगोल र वडाध्यक्ष राजभण्डारीबाट निरीक्षण

आगलागी भएका स्थानको उपप्रमुख डंगोल र वडाध्यक्ष राजभण्डारीबाट निरीक्षण
अ अ+ अ-

काठमाडौँ । आगो सल्किएको घरमा को को बस्छन् भन्ने सूचना नहुँदा काठमाडौँमा आज एक जना ज्येष्ठ नागरिकको ज्यान गएको छ । विहान करिब ६ बजेर ५० मिनेटमा दयाराम श्रेष्ठको कच्ची घरबाट आगो सल्किएको थियो ।

आगो फैलिएर छिमेकी रुकेश श्रेष्ठसहितका २ वटा घरमा क्षति भएको छ । आगोले जलेका यी ३ वटै घर मालिकले यी घर भाडामा दिएर आफू अन्यत्र बस्दै आएका थिए ।

आगो सल्किएपछि घरमा भएका १ जना महिला, १ जना पुरुष र एक जना बच्चाको उद्धार गरिएको थियो । ती घरमा को को बस्थे भन्ने बारेमा घरधनीलाई समेत सूचना नभएपछि धुवाँले निसास्सिएर एक जना महिलाको ज्यान गएको वडा २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले जानकारी दिनुभयो ।

आगो नियन्त्रण गर्न जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौँ र ललितपुरका दमकल, अग्निनियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीसहित सुरक्षाकर्मी र स्थानीयबासीले प्रयास गरेका थिए ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले घटनास्थलको अवलोकन गरेर ग्याँसबाट हुन सक्ने आगलागीको जोखिमबाट नागरिकलाई बचाउन ग्याँस, यसलाई बाल्न प्रयोग गरिने साधन तथा उपकरणको अनुगमनलाई बढाइने धारणा राख्नुभयो । ‘महानगरपालिकाले अनुगमन थालेको छ । यसलाई तीब्र बनाउँछौँ । यसबाट सम्भावित जोखिमबाट बच्न मद्दत हुनेछ ।’

वडा अध्यक्ष राजभण्डारीले, घरको तेस्रो तलामा चिया पकाउँदा ग्याँस लिक भएर आगो सल्किएको जानकारी दिनुभयो । सिसिटिभी फुटेजबाट प्राप्त दृश्य उधृत गर्दै उहाँले भन्नुभयो, ‘एक जना महिला सडकमा आत्तिएर निस्किएको केही क्षणमा घरमा आगो देखियो । चिया पकाउँदा चुहिएको ग्याँसमा आगो सल्किएपछि उनी भोगेकी हुन सक्छिन् । यदि उहाँमा ग्याँस चुहिएर सल्किएको आगो नियन्त्रण गर्ने सिप भइदिएको भए आगोले विनाशकारी रुप लिन पाउने थिएन ।’ उहाँले मानवीय क्षतिका विषयमा भन्नुभयो, ‘घर भाडामा दिने घरधनीसँग आफ्नो घरमा को को बस्छन्? थाहा नभएपछि चरीकोटे आमा (करिब ६५ वर्ष)का नामले चिनिने सडक किनारामा थोरै सामान बेचेर गुजारा चलाइरहेकी ज्येष्ठ आमाको मृत्यु भयो ।’ उहाँका अनुसार मृत्यु हुनुको कारण आगोले जलेर नभइ धुवाँले निसास्सिनु हो । घरको प्रयोग मानिस बसोबासका लागि भन्दा धेरै कस्मेटिक सामानको भण्डारणका लागि भएको उहाँले जानकारी दिनुभयो ।

विपदबाट बच्ने सिप र ज्ञानको अभाव, कुन घरमा को को बस्छन् भन्ने सूचना छिमेकी तथा सरकारी कार्यालयसँग नहुनुले सामान्य अवस्थामा नियन्त्रण हुने आगो निभाउर धेरै प्रयत्न गर्नु परेको थियो । जनधनको धेरै क्षति भएको छ । यो दुःखद पक्ष हो । यसलाई सुधार गर्ने दिशामा सबैले एक साथ काम गर्नु पर्ने पाठ लिनु पर्ने अवस्था भएको वडाध्यक्ष राजभण्डारीको भनाइ छ ।