२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्ड फ्लुका कारण बाघिनीको मृत्यु भएपछि उत्तर प्रदेशका सबै चिडियाखाना बन्द



symbolic picture
अ+ अ-

एजेन्सी । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) एक बघिनीको मृत्यु भएपछि उत्तर प्रदेशका सबै चिडियाखाना र सफारी पार्कहरू अस्थायी रूपमा बन्द गरिएको छ ।

इटावा लायन सफारी पार्कका निर्देशक अनिलकुमार पटेलले एएनआईसँग भन्नुभयो, “गोरखपुर चिडियाखानामा एभियन इन्फ्लुएन्जाका कारण एक बघिनीको मृत्यु भएपछि राज्यका सबै चिडियाखाना र सफारीहरू एक हप्ताका लागि ९मे २० सम्म० अस्थायी रूपमा बन्द गरिएको छ।”

निकुञ्जले आवश्यक सावधानी अपनाएको र कर्मचारीको स्वास्थ्य परीक्षण गरिरहेको पटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “चिडियाखानाका कर्मचारीको स्वास्थ्य अनुगमन भइरहेको छ । हामी सबै सावधानी अपनाइरहेका छौँ । हाम्रो निकुञ्जका कुनै पनि जनावरमा बर्ड फ्लुको लक्षण देखिएको छैन,” पटेलले भन्नुभयो ।

एएनआईसँग कुरा गर्दै उत्तर प्रदेशका वनमन्त्री अरुण सक्सेनाले भन्नुभयो, “चिडियाखानामा बर्ड फ्लुको पुष्टि हुने बित्तिकै राज्यका चिडियाखानाहरू सावधानीको उपायको रूपमा एक हप्ताका लागि बन्द गरिएको छ ।”

उहाँले थप्नुभयो, “भाइरसको सङ्क्रमण फैलिन नदिन सबै चिडियाखानामा सरसफाइको काम भइरहेको छ । एक हप्तापछि फेरि जाँच गरिनेछ र थप निर्णय लिइनेछ।”

यसअघि उत्तर प्रदेश सरकारले लखनउ, कानपुर र गोरखपुरमा रहेको इटावा लायन सफारी र चिडियाखानालाई एक हप्ताका लागि बन्द गर्न आदेश दिएको थियो ।

मङ्गलबार मुख्यमन्त्री योगी आदित्यनाथले एच–फाइभ एभियन इन्फ्लुएन्जा भाइरसबारे चेतावनीपछि राज्यको तयारी र प्रतिकार्य योजनाको समीक्षा गर्न वरिष्ठ अधिकारीहरूसँग एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभएको थियो ।

बर्ड फ्लु एक अत्यधिक सङ्क्रामक भाइरल रोग हो जसले विशेष गरी कुखुरा, हाँस र टर्कीजस्ता पङ्क्षीलाई असर गर्दछ ।

यो इन्फ्लुएन्जा ए भाइरसको कारण हुन्छ र ‘एच–फाइभ’ ले यी भाइरसहरूको उपप्रकारहरू मध्ये एकलाई बुझाउँछ । विशेष गरी एच–फाइभ एन–वन सबैभन्दा धेरै देखिने र खतरनाक रूपहरू मध्ये एक हो।