९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

राष्ट्रियसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न

राष्ट्रियसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न
अ अ+ अ-

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल सम्पन्न भएको छ । सभाको आजको बैठकमा उक्त छलफलमा भाग लिँदै सांसद सोनाम गेल्जेन शेर्पाले वित्तीय अनुशासन कायम गरी उच्च प्रतिफल दिने योजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कानुनी र नीतिगत सुधार गरेर लगानी मैत्री वातावरण बनाउन सुझाव दिनुभयो ।

सांसद आनन्दप्रसाद ढुङ्गानाले मौलिक हकको कार्यान्वयन गरी जनतामा आशा जगाउने योजना ल्याउन आग्रह गर्नुभयो । सांसद जयन्तीदेवी राईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबीच तालमेल नदेखिएको जनाउँदै यसले जनअपेक्षा पूरा गर्न नसक्ने बताउनुभयो ।

सांसद पूजा चौधरीले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने योजना ल्याउन सुझाव दिँदै चुरे संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । सांसद मनरुपा शर्माले आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाउन नसकेको बताउनुभयो ।

सांसद जितजङ्ग बस्नेतले संरचनात्मक सुधारमा जोड दिँदै मौलिक हक र राज्यका निर्देशक सिद्धान्त कार्यान्वयनको योजना ल्याउन सुझाव दिनुभयो ।

सांसद उदयबहादुर बोहराले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका विषयलाई बजेटमा समावेश गर्नुपर्ने बताउनुभयो । सांसद कृष्णप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा थुप्रै सकारात्मक विषय रहेको जनाउँदै सोहीअनुसारको बजेट निर्माण गर्न सुझाव दिनुभयो ।

सांसद घनश्याम रिजालले नीति तथा कार्यक्रममाथिको छलफलबाट प्राप्त सुझाव विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नसमेटिएको उल्लेख गर्दै यसले जनअपेक्षा पूरा गर्न नसक्ने बताउनुभयो ।

सांसद युवराज शर्माले प्रस्तुत सिद्धान्त र प्राथमिकताले स्पष्ट गन्तव्य किटान गरेको जनाउँदै छलफलका क्रममा उठेका विषयलाई बजेटमा समावेश गर्न सुझाव दिनुभयो । सांसद दुर्गा गुरुङले समावेशी विकास र सामाजिक न्याय कायम गर्दै विकासको लाभमा आम नागरिकको पहुँच स्थापित गर्ने लक्ष्य विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले लिएको बताउनुभयो ।

सांसद विष्णुदेवी पुडासैनीले सिद्धान्त र प्राथमिकतामा समेटिएका विषय कार्यान्वयन गर्न राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच कार्यसम्पादन सम्झौता हुनुपर्ने बताउनुभयो ।

सांसद उर्मिला अर्यालले विकासको लाभलाई समावेशी र सामाजिक न्यायमा प्रत्याभूत गर्ने, स्वाधिन राष्ट्रिय अर्थतन्त्रमा सबैको सहभागिताको उपेक्षा गरिएको सिद्धान्त र प्राथमिकता दिशाहीन भएको बताउनुभयो ।

सांसद इन्दिरादेवी गौतमले प्रस्तुत आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकलाई समृद्धितर्फ डोहो¥याउने विश्वास व्यक्त गर्नुभयो ।