२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश



अ+ अ-

काठमाडौँ । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।

नेपाल राष्ट्रबैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै मंगलबार पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो ।

अभिवक्ताद्वय प्रतीभा उप्रती र विशाल थापाले पेश गरेको रिटमा राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेको चर्चा छ ।

यही चर्चाबीच गभर्नर छनोट समितिका सदस्य रहेका पौडेलले आइतबार त्यसबाट राजीनामा दिएका थिए ।