१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलसंग लिभरपुलको हार, सय अंक पुगेन



अ+ अ-

लन्डन । लिभरपुल बुधबार आर्सनलको हातबाट २–१ ले पराजित भएको छ । आर्सनलले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर जित हासिल गरेको हो ।

यो नतिजापछि यसअघि नै लिग जितिसकेको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा कीर्तिमानी सय अंक छुने नसक्ने भएको छ । लिभरपुलले ३६ खेलबाट ९३ अंक बनाएको छ । बाँकी दुई खेल जिते लिभरपुलले ९९ अंक मात्रै बनाउने छ । योर्गन क्लोपको लिभरपुलको यो लिगमा सिजनको तेस्रो हार हो ।

दर्शकविहीन इमिरेट्स रंगशालामा लिभरपुलले साडियो मानेको गोलले अग्रता लिएको थियो । भान डाइकको गलत पासमा आर्सनलका एलेकजान्डर लेकाजेटले बराबरी गोल गरे । लिभरपुलका गोलरक्षक एलिसन बेकरको अर्को भूलमा रेस नेल्सनले विजयी गोल गरे ।

ह्यारी केनकाे २०० गाेल

बुधबारको अर्को खेलमा टोटनह्यामले न्युकासल युनाइटेडलाई ३–१ ले हरायो जसमा ह्यारी केनले दुई गोल गरे । यससँगै क्लब फुटबलमा उनको गोल संख्या दुई सय नाघेको छ ।

उनका २ सय १ गोलमध्ये टोटनह्यामका लागि १ सय ८५ रहेको छ । अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई २–१ ले पराजित गर्‍यो भने बर्नली र उल्भ्सले १–१ को बराबरी खेले । एजेन्सी